लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले इङ्ल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ ।
सिएनएस युकेको हालै सम्पन्न बैठकले बेलायतमा नेपाली समुदायको पहिचानका लागि जनगणना महत्वपूर्ण अवसर भएकाले सोको उपयोगका लागि नेपाली समुदायलाई उत्प्रेरित गर्न सो अभियान चलाउने निर्णय गरेको हो ।
यसका लागि सिएनएस युकेले जनगणना सञ्चालन गर्ने बेलायती निकाय अफिस फर न्याशनल स्ट्याटिटिक्स, नेपाली दुताबास लण्डन, गैरआवासीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ युके लगायतका सामुदायिक संघ संस्थासित मिलेर सो अभियान चलाउने भएको हो । यसै सन्दर्भमा निकट भविष्यमा एक बृहत्तर राष्ट्रिय कार्यशाला आयोजना गर्ने सोच रहेको व्यहोरा संस्थाका कार्यकारी निर्देशक लोकेन्द्र पुरुष ढकालले जानकारी दिए ।
सो अभियानका लागि सिएनएस युकेले नरेश खपाङ्गीमगरलाई रिसर्च एसोसिएट नियुक्त गरेको छ । खपाङ्गीमगरले हालै बेलायतको किङ्ग्स कलेज लण्डनबाट ग्लोबल अफेयर्स विषयमा स्नातकोत्तर गरेका छन् । उनले न्याशनल इन्स्टिच्यूट फर हेल्थ रिसर्च र ब्राइटन एण्ड ससेक्स मेडिकल स्कुलले गरेको जातीय अल्पसंख्यकमा कोभिड-१९ असर विषयक अनुसन्धानमा पनि रिसर्च एसोसिएटका रुपमा काम गरेका थिए ।
स्मरण रहोस्, सिएनएस युकेले सन् २०११ को जनगणनामा पनि नेपाली समुदायलाई सहभागी गराउनका लागि विशेष अभियान सञ्चालन गरेको थियो । यसअघि सन् २००८ मा गैरआवासीय नेपाली संघ युकेसहित विभिन्न सामुदायिक संघसंस्थासंग मिलेर आफ्नै पहलमा बेलायतमा रहेका नेपालीहरुको तथ्यांकसमेत संकलन गरेको थियो । यी अध्ययनमा आधारित रहेर सिएनएस युकेले नेपालिज् इन युके: एन ओभरभ्यु (२०१२) लगायत थुप्रै पुस्तक तथा लेख रचना प्रकाशित गरेको छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण