लण्डन । इङल्याण्डमा औषधि पसलहरुबाट पनि कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको छ ।
आजबाट हालिफ्याक्सको बुट्स, म्याकलेसफिल्डको आण्ड्रयू फार्मेसी, वाइन्डसको एप्पलटन भिलेज फार्मेसी, गिलफोर्डको सुपरड्रग फार्मेसी, इज्वेयर लण्डनको कुलीमोर केमिस्ट र टेल्फोको वुडसाइड फार्मेसीले कोरोना भाइरसविरुद्ध खोप दिन शुरु गरेका छन् ।
यी फार्मेसीहरुसित खोप ओसारपसार गर्ने र खोप लगाउँदा सामाजिक दुरी कायम गर्ने पर्याप्त स्थान भएकाले उनीहरुलाई शुरुमा चुनिएको बताइएको छ । यसका साथै करिब ७० वटा फार्मेसीले अर्को साता र थप २०० वटा फार्मेसीले यो महिनाको अन्त्यबाट खोप लगाउन शुरु गर्ने बताइएको छ ।
खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिहरुले एनएचएसको भ्याक्सिन बुकिङ सर्भिसबाट पत्र वा सन्देश प्राप्त गर्ने बताइएको छ ।
हाल बेलायतमा ८०० वटा जीपी, २०० अस्पताल र ७ वटा ठूलो संख्यामा खोप दिने केन्द्रहरुमार्फत कोरोना भाइरस विरुद्ध खोप दिइँदै आएको छ ।
हालसम्म करिब २६ लाख मानिसहरुले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लिइएको बताइएको छ ।
फेब्रुअरीको दोस्रो सातासम्ममा करिब १ करोड ५० लाख मानिसलाई खोप दिलाउने लक्ष्य सरकारको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ