लण्डन । इङल्याण्डमा औषधि पसलहरुबाट पनि कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको छ ।
आजबाट हालिफ्याक्सको बुट्स, म्याकलेसफिल्डको आण्ड्रयू फार्मेसी, वाइन्डसको एप्पलटन भिलेज फार्मेसी, गिलफोर्डको सुपरड्रग फार्मेसी, इज्वेयर लण्डनको कुलीमोर केमिस्ट र टेल्फोको वुडसाइड फार्मेसीले कोरोना भाइरसविरुद्ध खोप दिन शुरु गरेका छन् ।
यी फार्मेसीहरुसित खोप ओसारपसार गर्ने र खोप लगाउँदा सामाजिक दुरी कायम गर्ने पर्याप्त स्थान भएकाले उनीहरुलाई शुरुमा चुनिएको बताइएको छ । यसका साथै करिब ७० वटा फार्मेसीले अर्को साता र थप २०० वटा फार्मेसीले यो महिनाको अन्त्यबाट खोप लगाउन शुरु गर्ने बताइएको छ ।
खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिहरुले एनएचएसको भ्याक्सिन बुकिङ सर्भिसबाट पत्र वा सन्देश प्राप्त गर्ने बताइएको छ ।
हाल बेलायतमा ८०० वटा जीपी, २०० अस्पताल र ७ वटा ठूलो संख्यामा खोप दिने केन्द्रहरुमार्फत कोरोना भाइरस विरुद्ध खोप दिइँदै आएको छ ।
हालसम्म करिब २६ लाख मानिसहरुले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लिइएको बताइएको छ ।
फेब्रुअरीको दोस्रो सातासम्ममा करिब १ करोड ५० लाख मानिसलाई खोप दिलाउने लक्ष्य सरकारको छ ।
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची