लण्डन । बेलायतको लण्डन नजिक इस्टकोट ट्रेन स्टेशनमा एक नेपाली बिक्रम केसीको हत्या भएको छ । इस्टकोट अन्डरग्राउन्ड स्टेशनमा गत आइतवार राति १० बजे अज्ञात समुहरुवीच भएको झडपमा उनको मृत्यु भएको हो ।
काठमाण्डौं घर भएका ३५ वर्षीय केसी इस्टकोट अन्डरग्राउन्ड नजिक बसोवास गर्दै आएका नेप्लिज सेफ एसोसिएसनका संरक्षक तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले जानकारी दिए ।
घटना लगत्तै पुगेका प्रहरीका अनुसार उनी माथि आक्रमण गर्ने एक जनालाई गिरफ्तार गरि अनुसन्धान थालिएको गरिएको छ । एक इन्डियन रेन्टुरेन्टमा काम गर्ने केसी कामबाट आइतबार फर्किएका बेला उक्त घटना भएको हो ।
युरोप उपसंयोजक तिमल्सेनाले केसीको निधनमा गहिरो दुःख व्यक्त गर्दै सामाजिक संजालमा फोटो समेत सार्वजनिक गरेका थिए । उनकै पहलमा केसी बेलायत आएका थिए ।
यसैवीच, नेप्लिज सेफ एसोसिएसन युकेले हत्याको भत्र्सना गरेको छ । एसोसिएसन युके अध्यक्ष दधि आचार्यले केसीको हत्याराले कडा भन्दा कडा सजाय पाउनु पर्ने र पीडितले क्षतिपुर्ति दिन संस्थागत रुपमा पहल गर्ने जानकारी दिए। कोरोनाका कारण प्रत्यक्ष भेटघाट हुन नपाए पनि संस्थागत वा व्यक्तिगत सहयोगका लागि पहल भैरहेको आचार्यको भनाई थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने