लण्डन । बेलायतको लण्डन नजिक इस्टकोट ट्रेन स्टेशनमा एक नेपाली बिक्रम केसीको हत्या भएको छ । इस्टकोट अन्डरग्राउन्ड स्टेशनमा गत आइतवार राति १० बजे अज्ञात समुहरुवीच भएको झडपमा उनको मृत्यु भएको हो ।
काठमाण्डौं घर भएका ३५ वर्षीय केसी इस्टकोट अन्डरग्राउन्ड नजिक बसोवास गर्दै आएका नेप्लिज सेफ एसोसिएसनका संरक्षक तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले जानकारी दिए ।
घटना लगत्तै पुगेका प्रहरीका अनुसार उनी माथि आक्रमण गर्ने एक जनालाई गिरफ्तार गरि अनुसन्धान थालिएको गरिएको छ । एक इन्डियन रेन्टुरेन्टमा काम गर्ने केसी कामबाट आइतबार फर्किएका बेला उक्त घटना भएको हो ।
युरोप उपसंयोजक तिमल्सेनाले केसीको निधनमा गहिरो दुःख व्यक्त गर्दै सामाजिक संजालमा फोटो समेत सार्वजनिक गरेका थिए । उनकै पहलमा केसी बेलायत आएका थिए ।
यसैवीच, नेप्लिज सेफ एसोसिएसन युकेले हत्याको भत्र्सना गरेको छ । एसोसिएसन युके अध्यक्ष दधि आचार्यले केसीको हत्याराले कडा भन्दा कडा सजाय पाउनु पर्ने र पीडितले क्षतिपुर्ति दिन संस्थागत रुपमा पहल गर्ने जानकारी दिए। कोरोनाका कारण प्रत्यक्ष भेटघाट हुन नपाए पनि संस्थागत वा व्यक्तिगत सहयोगका लागि पहल भैरहेको आचार्यको भनाई थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश