बेलायतमा सन् २०२० दोस्रो विश्वयुद्धपछिकै धेरै मृत्यु

लण्डन । बेलायतमा गत वर्ष दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएको पाइएको छ ।

बीबीसीका अनुसार गत वर्ष ६ लाख ९७ हजार मानिसको मृत्यु भएको थियो । सो संख्या विगत पाँच वर्षको मृत्युदरलाई विश्लेषण गरी गरिएको अपेक्षाभन्दा ९१ हजारले बढी रहेको बताइएको छ ।

सन् २०१९ को तुलनामा गत वर्ष मृत्यु हुनेहरुको संख्या १५ प्रतिशततले बढेको पाइएको छ । यतिको वृद्धि बितेको ७५ वर्षमै सबैभन्दा धेरै हो ।

बेलायत कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको ठूलो संख्या भएको देशमा पर्ने गर्छ ।

पछिल्लो समयमा झनै कोरोना भाइरसका नयाँ प्रकारले संक्रमण फैलँदै गइरहेको बेलामा यो वर्ष मृत्यु संख्या कति पुग्न अनुमान गर्न कठिन हुने अवस्था छ ।

बेलायतले कोभिड १९ लाई व्यवस्थापन र नियन्त्रण गर्ने कार्यमा अपनाइएका निर्णयहरुका बारेमा जनस्तरबाट छानविन गर्ने प्रतिवद्धता जनाइसकेको छ । सो समितिको रिपोर्टले कहाँनिर गल्ती भयो पत्ता लगाउला तर बितिसकेका मानिसहरुलाई भने फर्काउन सक्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री