कोभिडका कारण बेलायतका विभिन्न क्षेत्रमा हुलाक सेवा प्रभावित (सूचीसहित)

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा हुलाक सेवा पनि प्रभावित बन्न पुगेको छ ।

बेलायतमा हुलाक सेवा रोयल मेलले कोभिड संक्रमणका कारण आफ्ना कर्मचारीहरु बिरामी परेको, आइसोलेसनमा बस्न परेका कारण इङल्याण्डका २७ र उत्तरी आयरल्याण्डको एक ठाउँमा नियमित सेवा दिन नसकिएको बताएको छ ।

रोयल मेलले नियमित सेवा दिने भरपूर कोसिस गर्दागर्दै पनि कतिपय स्थानमा सेवामा ढिलाई भएको उल्लेख गरेको छ ।

उता बेलायतका खोप मन्त्री नदिम जवाहीले भने रोयल मेलसित समन्वय गरी रोयल मेलका कर्मचारीहरुलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।

बेलायतमा हुलाक सेवा प्रतिष्ठित र प्रभावकारी सेवा मानिने गरिन्छ ।

हुलाक सेवा प्रभावित क्षेत्रहरु :

  • Ashford (TN23-TN27)
  • Barnsley (S70, S71, S72 and S75)
  • Basildon (SS13-SS16)
  • Bow (E3)
  • Bury St Edmunds (IP28-IP33)
  • Chelmsford (CM1-CM3)
  • Christchurch (BH23)
  • Daventry (NN11)
  • Debden (IG7-IG10)
  • Enfield (EN1-EN3)
  • Grays (RM16-RM20)
  • Hampton (TW12)
  • Highbury (N5)
  • Hornsey (N8)
  • Horsham (RH12, RH13)
  • Ilford (IG1-IG6)
  • Leeds City (LS1-LS5)
  • Lewisham (SE13)
  • Magherafelt (BT45, BT46)
  • Margate (CT7-CT9)
  • Rugeley (WS15)
  • Somerton (TA11)
  • South Ockendon (RM15)
  • South Woodford (E18)
  • Upper Holloway (N7)
  • Wandsworth (SW18)
  • Wellington (TA21)
  • Widnes (WA8)

प्रतिक्रिया

सम्बन्धित सामाग्री