लण्डन । बीबीसीले २०२०मा सार्वजनिक गरेको सयजना प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरसित मगर संघ केन्ट शाखाले अन्तरक्रिया गरेको छ ।
शाखाका अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा सपना रोकामगरले आफूले गरिरहेको कार्यका बारेमा जानकारी दिनुभयो । उहाँले आफू भविष्यमा पनि निरन्तर सामाजिक कार्यमा लागि रहने योजना सुनाउनुभयो ।
शाखाका सचिव कमारे बुढामगरले सन्चालन गरेको कार्यक्रममा बोल्दै मगर संघ युकेका केन्द्रीय अध्यक्ष सुनिल रानाले सपना रोकालाई आफ्नो कार्यमा सफलताको शुभकामना दिँदै उहाँको उच्च शिक्षाका लागि संघले सक्दो सहयोग गर्ने बताउनुभयो ।
यस्तै केन्ट शाखाका अध्यक्ष रामबहादुर पुनले पनि सपनाको उच्च अध्ययनका लागि शाखाभित्र सल्लाह गरेर आगामी दिनमा के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिने बताउनु भयो ।
सपनासित अन्तरक्रियाका लागि नेपालमै रहेर महत्वपूर्ण सहयोग गर्नुभएका शाखाका सल्लाहकार टिकाराम रानाले पनि सो अवसरमा बोल्नुभएको थियो । उहाँले सपना रोकालाई सो अवसरमा शाखाका तर्फबाट मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने