बेलायतमा तीन हप्ते निःशुल्क अनलाईन वेलनेस सेसन

लण्डन । क्यान इन्टरनेश्नल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज युकेको संयुक्त आयोजनामा २१ दिने अनलाईन वेलनेस सेसन्स संचालन गर्ने भएको छ ।
कोरोना भाईरसले विश्वभर अस्तव्यस्तता ल्याईरहेको अवस्थामा सो ग्रुपले उक्त अनलाईन सेसन्सको आयोजना गरेको हो ।
मानिसको मन, मस्तिष्क र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि योग, ध्यान र व्यायामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सोही कुरालाई हृदयगमन गर्दै ग्रुपले योग, ध्यान र व्यायाम सहितको सेसन्स संचालन गर्न थालिएको हो ।

विषेशगरी जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त सेसन्स शनिबार ९ जनवरी देखि २९ जनवरीसम्म प्रत्येक बिहान १० बजे देखि ११ बजेसम्म सेसन्स संचालन हुने छ । उक्त सेसनमा मनोक्रान्ति बेलायतका प्रवर्तक योगी नगेन्द्र राज नेम्बाङ्गले योग, ध्यान, व्यायाम, रेकी संगसंगै बाँच्न कला बारे आफ्नो अनुभव सुनाउने छन् । त्यस्तै, उक्त सेसन्सका संंयोजक एवं ताईची प्रशिक्षक मान गुरुङले ताईची प्रशिक्षण, पश्चिमी हिलिङ्ग, भोजन संंगसंगै वेलनेस लगायतको बिषयमा बताउने छन् ।
‘हाम्रो शरीरलाई कस्तो खुराक चाहिन्छ, कस्तो खाल व्यायाम गराउनु पर्छ, हाम्रो शरीरमा पूर्विय दर्शनमा आधारित योग, ध्यान र व्यायामले के कस्तो भूमिका खेल्छ भन्ने बारेमा हामीले सिकेको कुरा अरुलाई पनि सिकाउने उद्देश्य अनुरुप यो सेसन्सको आयोजना गर्न लागिएको हो’ भन्छन् संयोजक मान गुरुङ ।
कुनै पनि बिषय र क्षेत्र बारे २१ दिनसम्म लगातार अभ्यास गरियो सो क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने विश्वास साथ उक्त २१ दिने अनलाईन निःशुल्क सेसन्स संचालन गर्न लागिएको संयोजक गुरुङ, थप्छन् । उक्त सेसन्सले शरीरको पाचनक्रिया मजवुत बनाउने, इम्युन सिस्टम बढाउने, स्ट्रेस कम गराउने अर्थात् डर त्रास र भयबाट छुट्कारा दिलाउने संयोजक गुरुङको विश्वास छ । त्यस्तै, संयोजक गुरुङले ‘यो २१ दिने सेसन्सले एकातिर स्वस्थ जीवन कसरी जिउँने भन्ने बारे सिकाउँछ भने अर्कोतर्फ सिक्ने क्षमतामा समेत अभिवृद्धि गराउँछ’ । भने ।
स्मरण रहोस्, क्यान इन्टरनेश्नलले जेष्ठ नागरिकहरुलाई ध्यानमा राखी विभिन्न परियोजना तथा कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै, अल्डरसट इम्पावरमेन्ट ग्रुपले विगत दुई वर्ष देखि इम्पावरमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेकोमा कोभिड–१९ पछि गत अप्रिल महिनाभर प्रत्येक दिन साँझ अनलाईनमार्फत योग, ध्यान र व्यायाम संचालन गरेका थिए भने अहिले क्यान इन्टरनेश्नल र स्याङ्जाली समाज युकेसंग मिलेर एनआरएनए युकेको विशेष सहयोगमा २१ दिने सेसन्सको आयोजना गरेको हो ।
जुम प्रविधिमार्फत संचालन गर्न लागिएको उक्त वेलनेश सेसन्समा १०० जनाले मात्र भाग लिनसक्ने भएको हुनाले आफ्नो सीट सुरक्षित राख्न संयोजक गुरुङले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक