लण्डन । लण्डनमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिएपछि स्वास्थ्य सेवालाई बचाउन लण्डनका मेयर सादिक खानले ‘ठूलो घटना’ घोषणा गरेका छन् ।
मेयर खानले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लण्डनका अधिकारीहरु, स्थानीय काउन्सिलका नेताहरु, जनस्वास्थ्य इङल्याण्डका अधिकारीहरु र आकस्मिक सेवाका अधिकारीहरुसितको परामर्शपछि सो घोषणा गरेको बताएका छन् ।
लण्डनमा प्रति १ लाख मानिसमा १ हजार मानिस कोरोना संक्रमित छन् भने ३० डिसेम्बर देखि ६ जनवरीसम्ममा कोभिडका कारण अस्पताल भर्ना हुनेहरुको संख्या २७ प्रतिशतले बढेको छ । यसैगरी भेण्टिलेटरमा भर्ना हुने बिरामीहरुको संख्या ४२ प्रतिशतले बढेको छ । करिब १ हजार मानिस एक सातामा भेन्टीलेटरमा थपिएका छन् भने दिनहुँ ८३० जना लण्डनमा अस्पताल भर्ना हुने गरेका छन् ।
लण्डनको सबैभन्दा ठूलो अस्पताल रोयल लण्डन अस्पतालमा अति सघनकक्ष (आइसियु)मा अब ३० बेड मात्र खाली रहेको बताइएको छ । कुल १५० आइसियु बेड रहेको सो अस्पतालमा अब बाँकी रहेको बेड भरिएपछि गम्भीर अवस्थाका बिरामीहरुमध्ये पनि छान्नुपर्ने अवस्था आउने छ ।
‘ठूलो घटना’ सामान्य अवस्थाभन्दा बाहिर जानुपरेको स्थितिमा र मानिसको जीवन, अत्यावश्यक सेवा, वातावरण र राष्ट्रिय सुरक्षामा गम्भीर असर, क्षति, अवरोध, खतरा हुने अधिक सम्भावना हुँदा घोषणा गर्ने गरिन्छ ।
लण्डनमा यसअघि सन् २०१७ मा ग्रेनफेल टावरमा आगलागी हुँदा, सन् २०१६ वेष्टमिन्स्टर पुलमा आतङ्ककारी आक्रमण हुँदा र क्रोयडनमा ट्राम दुर्घटना हुँदा ‘ठूलो घटना’ घोषणा गरिएको थियो ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ