लण्डन । बेलायतले कोरोना भाइरसविरुद्धको तेस्रो खोपलाई पनि बेलायतमा लगाउनका लागि अनुमति दिएको छ ।
अमेरिकी कम्पनी मोडर्नाले विकसित गरेको खोपलाई बेलायतमा लगाउनका लागि बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) ले शुक्रबार अनुमति दिएको हो ।
बेलायतले सो खोपको १ करोड ७० लाख डोज अर्डर गरेको छ । तथापि सो अर्डर आउने मार्च/अप्रिल तिर मात्र बेलायत आइपुग्ने अनुमान गरिएको छ ।
मोडर्नाको खोप र फाइजरको खोप एउटै विधिबाट बनाइएको हो । तर मोडर्नाको खोपलाई माइनस २० डिग्री सेन्टीग्रेडमा राख्न वा ओसारपसार गर्न मिल्ने बताइएको छ । त्यसैले यो फाइजरको खोपभन्दा सजिलो हुने विश्वास गरिएको छ । यो खोपको पनि दुई डोज दिनुपर्ने हुन्छ ।
मोडर्नाको खोपलाई अमेरिका र युरोपले पनि मान्यता दिइसकेका छन् । अन्तिम परीक्षणमा करिब ३० हजार मानिसमा परीक्षण गरिएको यो खोप कोरोना भाइरसबाट मानिसलाई बचाउन ९५ प्रतिशत प्रभावकारी रहेको परीक्षणमा देखिएको थियो ।
बेलायतले यसअघि नै फाइजर र अक्सफोर्डको खोपलाई स्वीकृति दिनुका साथै लगाउन पनि शुरु गरिसकेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विहीबारसम्ममा करिब १५ लाख मानिसलाई कम्तीमा एक डोज खोप दिइसकिएको जानकारी दिएका थिए ।
हालसम्म कोरोना भाइरसबाट शतप्रतिशत सुरक्षा दिने कुनै पनि खोप आइसकेको छैन भने खोपहरुले कति समयसम्म भाइरसबाट सुरक्षा दिन्छन् भन्ने पनि बताइएको छैन ।
बेलायतमा सरकारले खोप लगाइसकेपछि पनि सामाजिक दुरी कायम गर्न र मास्क लगाउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश