लण्डन । कोभिड-१९ को कुनै लक्षण नै नभएकाहरुमा कोभिड-१९ टेष्ट गर्नका लागि केन्टमा १४ वटा नयाँ टेष्ट केन्द्रहरु थपिएका छन् ।
केन्टमा कोरोना भाइरसको संक्रमण तीव्रदरमा फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन नयाँ टेष्ट केन्द्रहरु थपिएको केन्ट काउण्टीले जनाएको छ ।
थपिएका सबै टेष्ट केन्द्रहरु सैनिकहरुबाट सन्चालित छन् । थपिएका केन्द्रबाट दैनिक १३ हजार मानिसको परीक्षण गर्न सकिने बताइएको छ ।
टेष्ट केन्द्रहरु थपेर लक्षणबिनाका कोभिड-१९ बाट संक्रमितहरुको पहिचान गर्दा संक्रमणको दर घटाउन सकिन्छ कि भन्ने आशा काउन्टीले राखेको छ ।
ती केन्द्रहरुमा बढीमा दुई घण्टामा टेष्टको परिणाम थाहा पाइने पनि बताइएको छ ।
केन्टको डार्टफोर्ड, ग्रेभसाम र मेडवेमा अहिले दैनिक एक लाख मानिसमा १ हजारभन्दा बढी संक्रमित पाइएका छन् ।
काउन्टीका जनस्वास्थ्य निर्देशक आण्ड्रयू स्कट क्लार्कले हरेक तीन जनामा एक जना लक्षण बिनाको कोभिड संक्रमित हुनसक्ने भएकाले नयाँ प्रकारको कोरोना भाइरसको संक्रमणको गति घटाउन संक्रमितको पहिचान गरी आइसोलेसनमा राख्नैपर्ने भएको बताए । उनले अत्यावश्क सेवामा काम गर्ने र केन्टमा बस्ने जो कोहीले टेष्ट बुक गर्न सक्ने बताए ।
काउन्सिलले आगामी साता अरु १० वटा टेष्ट केन्द्र थप्ने योजना बनाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश