लण्डन । बेलायतमा अर्को सातादेखि ठूलो संख्यामा खोप दिनका लागि सातवटा खोप केन्द्र तोकिएका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताका अनुसार हालसम्म तय भएका खोप केन्द्रहरुमा रोबर्टसन हाउस स्टेभेनेज, एक्सेल सेन्टर लण्डन, द सेन्टर फर लाइफ न्यूक्यासल, द इतिहाद टेनिस सेन्टर म्यानचेष्टर, एप्सम डाउन रेसकोर्स सरे, आस्टोन गेट स्टेडियम ब्रिस्टोल र मिलिनियम प्वाइन्ट बर्मिङघम रहेका छन् ।
ती खोप केन्द्र अर्को सातादेखि सन्चालन हुने बताइएको छ । एनएचएसका कर्मचारी र स्वयंसेवकहरुद्वारा ती केन्द्रहरु सन्चालन हुने छन् ।
उता प्रेस एसोसिएनका अनुसार डार्बी एरेना, द ब्ल्याक कन्ट्री लिभिङ म्यूजियम डड्ली, मालभर्न थ्री काउन्टीज शोग्राउण्ड वोर्सेस्टरसायर,भिल्ला पार्क आस्टोन भिल्ला, लेस्टर रेसकोर्समा पनि खोप केन्द्र राख्ने छलफल भइरहेको छ ।
यसैगरी, मोरिसन सुपरमार्केटले पनि आफ्ना ५० वटा कार पार्कहरुमा ड्राइभ थ्रु खोप केन्द्र चलाउन दिने घोषणा गरेको छ । जसमध्ये योभिल, वेकफिल्ड र विन्सफोर्डमा सोमबारदेखि खोप केन्द्र सन्चालन हुनेछ ।
यसरी आफ्ना परिसरहरु खोप केन्द्र चलाउन अनुमति दिनेमा टोट्टनहाम फुटबल क्लव, रोयल भक्सौल टाभरन, जीएवाइ लगायतका व्यापारिक प्रतिष्ठानहरु छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले तेस्रो लकडाउनको घोषणा गर्दा मध्य-फेब्रुअरीसम्ममा अति जोखिममा रहेका सबैलाई खोप दिइसक्ने बताएका थिए । सो समूहमा करिब १ करोड ४० लाख मानिस छन् ।
हालसम्म युकेमा १३ लाख मानिसहरुलाई कोरोनाको खोपको पहिलो डोज दिइसकिएको छ ।
५९५ जीपीहरु र १०७ वटा अस्पतालबाट अहिले खोप दिने गरिएको छ ।
सरकारका खोप मन्त्री नदिम जहावीले भने करिब १ हजार वटा स्थानबाट अहिले खोप दिइरहेको दाबी गरेका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान