लण्डन । कोरोना संक्रमणका कारण बेलायत सरकारले इङल्याण्डमा यस वर्षको ‘जीसिएसइ’ र ‘ए’ लेभलको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।
बेलायतका शिक्षा मन्त्री गेभिन विलियमसनले बुधबार बेलायती संसदमा बोल्दै सो जानकारी दिएका हुन् ।
उनका अनुसार यसवर्ष विद्यालयहरुले नै विद्यार्थीहरुलाई अंक दिनेछन् ।
गत वर्ष पनि यी दुवै परीक्षाहरु रद्द गरिएका थिए र सरकारले तयार पारेको अलगोरिदमका आधारमा अंक दिएको थियो । तर व्यापक विरोधपछि शिक्षकले दिएको ग्रेडलाई मै मान्यता दिइएको थियो ।
‘अलगोरिदम भन्दा शिक्षकलाई नै हामी विश्वास गर्छौं’ उनले भनेका छन् ।
बेलायतमा विद्यालय तहको अन्त्यमा जीसिएसइ र कलेज तहको पढाइको अन्त्यमा ए लेभलको परीक्षा हुने गर्दछ ।
दुवै तहका ग्रेडका आधारमा कलेज तथा विश्वविद्यालयमा विद्यार्थीहरुले भर्ना पाउने भएकाले उनीहरुको जीवनमा महत्वपूर्ण स्थान राख्ने गर्दछ ।
वेल्समा यसअघि नै यस वर्षको ए लेभल र जीसीएसइको परीक्षा रद्द गर्ने निर्णय भइसकेको छ ।
स्कटल्याण्डमा पनि हायर, न्याशनल ५ र एडभान्स हायर परीक्षा रद्द भइसकेका छन् ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत