माल्टाको संसदमा नेपाल मैत्री समूह स्थापना

लण्डन । नेपाल तथा माल्टाका संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्न माल्टाको संसदमा माल्टा- नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ ।

दुवै मुलुकका संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गठित सो समूहमा माल्टाको प्रतिनिधि सभाका सांसदहरु क्रिस फर्न, एडवार्ड जामिट लुइस, डेभिड अगिस र रोवर्ट कटजार रहनुभएको नेपाली दुताबास लण्डनले जनाएको छ ।

संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा यस संसदीय मैत्री समूह गठन भएको हो।

युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच १५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि माल्टामा माल्टा-नेपाल मैत्री समाज एवं माल्टा-नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री