लण्डन । नेपाल तथा माल्टाका संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्न माल्टाको संसदमा माल्टा- नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ ।
दुवै मुलुकका संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गठित सो समूहमा माल्टाको प्रतिनिधि सभाका सांसदहरु क्रिस फर्न, एडवार्ड जामिट लुइस, डेभिड अगिस र रोवर्ट कटजार रहनुभएको नेपाली दुताबास लण्डनले जनाएको छ ।
संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा यस संसदीय मैत्री समूह गठन भएको हो।
युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच १५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि माल्टामा माल्टा-नेपाल मैत्री समाज एवं माल्टा-नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश