लण्डन । कोभिड १९ (कोरोना भाइरस)बाट बच्न फाइजर र बायोएनटेकको भ्याक्सिन लिएका बेलायतमा कार्यरत नेपाली मूलका एक वरिष्ठ नर्सलाई कोभिड १९ संक्रमण देखापरेको छ ।
गत ३१ डिसेम्बरमा २०२० मा कोभिड १९ विद्धको पहिलो डोज खोप लिएका वरिष्ठ नर्स राजेन्द्र पुडासैनीलाई सोमबार टेष्ट गर्दा पोजेटिभ देखिएको हो । कोरोनालाई पराजित गर्न फाइजर र बायोएनटेकको भ्याक्सिन तीन साताका बीचमा दुई डोज लिनु पर्नेछ । तर, उनले सोमबार टेष्ट गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएपछि हार्लाेस्थित एक अस्पतालमा कार्यरत वरिष्ठ नर्स पुडासैनी आइसोलेसनमा बसेका छन् ।
कोभिडका कारण उनमा उच्च ज्वरो, टाउको दुख्ने, कोलोन, छाती दुख्ने र भारी हुने, आन्द्रामा स्पाइजम र सुख्खा खोकी आएको पारिवारिक स्रोतले बतायो ।
”सोमबारदेखि कोरोना पोजेटिभ भएर घरमै आराम गरिरहेको छु”, उनले वीनेपालीसँग भने ।
बेलायतमा कोभिड संक्रमणको दर उच्च रहेकाले सचेत हुन उनले नेपाली समुदायलाई अनुरोध गरेका छन् । ”फाइजरको पहिलो डोज लिइसकेको थिएँ, दोस्रो डोज लिनु पूर्व नै मलाई कोरोना संक्रमण भैसकेको रहेछ”, उनले भने, ”यो रोग लाग्न नदिन उच्च सतर्कताको जरुरी छ । खोप लिएपछि पनि सावुन पानीले हात धुने र माक्स लगाउने कामलाई निरन्तरता दिनु होला ।”
पुडासैनी नर्सका साथै बेलायतको नेपाली समुदायका अगुवा पनि हुन् । उनी विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा आवद्ध छन् । उनी हाल प्रवासी नेपाली एकता मन्च युकेको अध्यक्ष रहेका छन् ।
यसैबीच, बेलायतमा कोभिड १९ को संक्रमण दर अत्यधिक भएपछि सरकारले मुलुकभर एकसाथ लकडाउन गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार नियमित पत्रकार सम्मेलनमा राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका थिए । उनले कोरोना संक्रमणदर तीव्र गतिमा फैलिएपछि लकडाउन गर्नु परेको बताए ।
बेलायतले फाइजर एण्ड बायोएनटेक र अक्सफोर्ड र एस्ट्राजेनेका दुवैको खोप लगाउन सुरु गरिसकेको छ ।
मंगलबारसम्ममा बेलायतमा करीव १३ लाख व्यक्तिले कोरोनाको खोप लगाई सकेका छन ।
सरकारले आगामी सोमबारदेखि खोप पाउनेको तथ्यांक सार्वजनिक गर्ने जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की