गैरआवासीय नेपाली संघ (एनआरएनए) विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा क्रमश लामो समयदेखि स्वर सुनिदै आएको छ । संस्थापन पक्ष जसरी पनि विधान संशोधन कोरोना महामारीकै बेला ‘भर्चुअल जुम’ मार्फत तत्काल पारित गराउन चाहन्छ । संघकै करिब पाँच दर्जन कार्यसमितिकै साथीहरु विस्तृत अध्ययन गरेर पास गरौं भनिरहेका छन । मलाइ जानकारी भएअनुसार दुवै पक्षवीच पटक-पटक भेटवार्ता भएका छन । वार्ता परिणाममुखी भन्दा दाउपेचमा परिणत भएको मैले बुझेको छु । संघ बैठकमै उपाध्यक्षहरु मन केसी, रवीना थापा, अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा र युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यलगायतले हतारमा भन्दा बिस्तृत छलफल गरि अघि बढाऔं भन्दै पत्रकार सम्मेलनमा बोलेको मैले घरमै बसेर हेरिरहेको थिए ।
पक्ष र विपक्षमा मत बाडिदै जादा दिनदिनै मेरो मनमा पीर थपिदै गएको छ । हामीले आज भन्दा झण्डै १८ बर्षअघि जन्मभुमि छाडेर बिभिन्न मुलुकमा बसोवास गर्ने नेपालीलाई एकताको सुत्रमा बाध्न गैरआवासीय नेपाली संघ स्थापना गरेका थियौ । १८ बर्ष अघिको मेरो उमेर र जोसमा डा. उपेन्द्र मह्तो, भीम उदास, देवमान हिराचन, राम प्रताप थापाले साथ दिएपछि नेपालीले गर्व गर्न सक्ने संस्था जन्माउन पाएकोमा व्यक्तिगत रुपमा म दंग थिए । संसारभरका नेपालीलाई समेट्ने संस्था गठनले शरीरमा छुट्टै स्फुर्ति थियो । भर्खर जन्माएको संस्थामा अस्ट्रेलियाबाट शेष घले, बेलायतबाट प्रा. डा. सुर्य सुवेदी र नेपालबाट कुलचन्द्र गौतम बसेपछि एनआरएनएले नयाँ उचाई लिनेमा म ढुक्क थिए । त्यसपछि क्रमश धेरै प्रतिष्ठित साथीहरु जोडिदै जानु भयो । उहाँहरु सवैको नाम यहाँ लिन संभव छैन । यो एनआरएनए बेलायतबाट सुरु गर्दा सन् २००३ देखि २००५ मा डा उपेन्द्र मह्तो अध्यक्ष हुनुुहुन्थ्यो भने म सचिव थिए । २००५ देखि २००७ मा अर्को कार्यकाल मैले काम गरेपछि म युरोप संयोजक तिर गए । अहिले गैरआवासीय नेपाली संघ ८० भन्दा बढी देशमा पुगिसकेको छ ।
प्रत्येक दुई बर्षमा जन्मभुमी नेपाल गएर सम्मेलन गर्ने र दशै तिहार परिवार सँग मनाउदै नेतृत्व पनि चयन गर्ने परम्परा नै बनिसकेको थियो । १६ बर्षपछि गत बर्ष नवौं सम्मेलनमा एनआरएनए पुग्दा संस्थाका आर्थिक र सांगठानिक प्रतिवेदन पारित नहुने अवस्थामा पुगे । बिगतमा पुर्व अध्यक्ष मह्तो र हामीले साचेको एनआरएनए विस्तारै बदलिदै जान थालेको आभास मैले त्यतिवेला पाए । लाखौं रुपैयाँ पाँच चारे होटलका अल्कोहलमा खर्च भए । तर आर्थिक पारदर्शितामा संस्था शुन्यमा झरेको महशुस मैले मनमनै गरे । म संस्थापक सचिव भएपनि संस्था भित्रको मेरो पहुच र अधिकार केही छैन । मैले अहिले दिने भएको एक थान सुझाब मात्र हो । त्यो पनि सुझाब जहिले पनि ऐच्छिक हुन्छ , त्यो बाध्यकारी हुदैन । त्यसैले मैले संस्थाका बारेमा सार्वजनिक रुपमै बोल्ने निर्णय गरेर लेख तयार गरे । यो लेख तयार गर्दै जाँदा १८ बर्ष अघिदेखि एनआरएनएमा लागेका केही अग्रजहरु बाहेक धेरै नयाँ व्यक्तिहरु छन । उनीहरु आ आफ्नो क्षेत्रमा विज्ञ पनि छन । म जस्ता पुराना व्यक्तिलाई भेट्दा एक थान नमस्कार गर्ने बाहेक संस्थाका परम्परा, संस्कार र एनआरएनए गठनका बारेमा आजसम्म एनसीसीदेखि आइसीसीसम्म कसैले मलाइ एक शव्द पनि सोधेको सम्झाना छैन । आ आफ्ना उद्देश्य पुर्तिका लागि ल्याएको प्रस्तावमा समर्थन पाउन बेला बेलामा केही कुरा सुनाउँछन । उनीहरुको प्रस्ताबमा समर्थन गरे धन्यवाद सम्म पाइन्छ । यी घटनाहरुले मलाई एनआरएनए जस्तो संस्था अब एउटा प्रयोगका साधनका रुपमा विकास भैरहेको अनुभव हुन थालेको छ । जब कुनै चिज बस्तुको रुपमा विकास हुन्छ त्यहाँ सामाजिक भावना हुदैन । खरीद वा बिक्री गर्ने साधन बन्न जान्छ । जस्ले बढी पैसा तिर्छ उसैले सामान खरीद गर्छ, बजारको नीति यहीं हो ।
साँझ सुत्ने बेलामा मेरो मनमा यस्तै-यस्तै कुराहरु खेलिरहेको थियो । संघका महासचिव हेमराज शर्माले विवाद बनिरहेको विशेष महाधिवेशनका लागि नयाँ प्रतिनिधिहरु पठाउन गैरआवासीय नेपाली संघका शाखाहरुलाई पत्राचार गरेको समाचारमा एक्कासी आँखा पुग्यो । अनि मनमा कस्तो-कस्तो नरमाइलो लाग्यो । धेरै साथीहरुले विधान संशोधनका बिषयमा बिभिन्न कुराहरु उठाएका छन । सवैलाई समेटेर लैजानु पर्ने बेलामा महासचिव शर्माले संस्थागत मान्यता विपरीत एकलौटी ढंगले फेसवुकमा सुचना जारी गरि गरेर के उपलव्ध हासिल गर्लान र ? महासचिव शर्मा पनि पिएचडी गरेकै व्यक्ति हुन । उनले पनि अध्यापन गराएर जिबिको पार्जन गरेकै छन । एउटा सम्मानित पेशामा भएका मानिसले अब्बल भएर देखाउनु पर्नेमा नीजि कम्पनी चलाए जस्तो व्यवहार देखाएको गुनासो धेरैले मसँग गरेका छन । कुनै पनि व्यक्ति अध्ययनशील वा धनाढ्य भएर मात्र पुग्दो रहेनछ, त्यसको व्यवहार नै समाजले जाच्ने कसि रहेछ। महासचिव शर्माको जीवनमा पनि त्यो लागु हुन्छ जस्तो लाग्छ ।
अनि सोचे, यो धर्तिमा आमाको कोखबाट बच्चा जन्माउन मद्दत गर्ने पनि एक जना डाक्टर हुन्छ । एउटा आमाले कोखबाट बच्चा जन्माउन सकिनन् भने अप्रेसन गरेर बाहिर संसार देखाउन मद्दत गर्ने पनि डाक्टर हुन्छ । कहिले कहीं गलत औषधी दिएर वा सही उपचार नदिएर बालकालिकाको हत्या गर्ने पनि डाक्टर नै हुन्छ ।
सामाजिक संस्थाका बारेमा मनभित्रका अन्तरविरोध चलिरहेको बेला संघका महासचिव शर्माले पटक-पटक सामाजिक संजाल मार्फत जारी गरेका सुचनाहरु मेरो मानस पटलमा आइरहन्छन । विधानत: कार्यकारी अधिकार संघका अध्यक्ष र महासचिवमा रहन्छ । तर, पनि संघलाई सामुहिक नेतृत्व प्रणालीमा लग्न त्यहाँ उपाध्यक्षहरु, सचिवहरु, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, महिला र युथ संयोजकहरु भएको कार्यकारी सचिवालय बनाएका छौं । त्यहाँ छलफल गरि सवैको भावनालाई समेटेर अघि बढनु पर्नेमा उनले व्यक्तिगत संस्था चलाए जसरी सामाजिक संजालमा सुचना जारी भएको देखेर मेरो मन थप छिया-छिया भयो । अनि सोचे, यो धर्तिमा आमाको कोखबाट बच्चा जन्माउन मद्दत गर्ने पनि एक जना डाक्टर हुन्छ । एउटा आमाले कोखबाट बच्चा जन्माउन सकिनन् भने अप्रेसन गरेर बाहिर संसार देखाउन मद्दत गर्ने पनि डाक्टर हुन्छ । कहिले कहीं गलत औषधी दिएर वा सही उपचार नदिएर बालकालिकाको हत्या गर्ने पनि डाक्टर नै हुन्छ । झण्डै दुई दशक अघि जन्माएको पबित्र संस्था एक पक्षीय निर्णयले दुघर्टना हुने हो कि भनेर अहिले मलाई धेरै चिन्ता लागेको छ ।
जीवन्त संस्थामा व्यक्ति आउँछ र जान्छ । संस्थामा एउटा पद्धति हुन्छ । संस्थाको स्थापित मान्यताहरु छन । त्यहाँ सामुहिक छलफल हुनुपर्छ । त्यहाँ सामाजिक भावना हुनुपर्छ । संस्थागत मर्यादाहरु उल्लघंन गरिए भने निर्वाचित व्यक्ति नै एकतन्त्रीय बन्न पुग्छ । अनि उसलाई जे मन लाग्यो त्यही निर्णय हुन्छ । अन्तत संस्थाको अवसान हुन्छ । आज ८० भन्दा बढी देशमा भएको संस्थामा सामाजिक भावना मरेर गयो भने आगामी दिनमा हेर्दा हेर्दै लाइट बालेर खोज्नु पर्ने अवस्थामा पुग्छ । क्षणिक स्वार्थमा जोडिएको मानिसहरु वा व्यक्तिहरुले आफ्नो स्वार्थ पुर्ति गरेर हिड्लान । तर, एनआरएनए सामाजिक संस्थाका रुपमा रहिरहन् सक्दैन् ।
(लेखक एनआरएनएका संस्थापक सचिव हुन)
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?