लण्डन । इङल्याण्डमा सोमबारदेखि तेस्रो चरणको राष्ट्रव्यापी लकडाउन लागू भएपछि व्यवसाय तथा रोजगारीमा पर्ने आर्थिक असरलाई सम्बोधन गर्न सरकारले सहायता प्याकेज ल्याएको छ ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले मंगलबार सो प्याकेजको घोषणा गर्दैछन् ।
सुनकका अनुसार नयाँ राहत प्याकेज ४.६ बिलियन पाउण्डको रहेको छ । जसमा खुद्रा पसल, आतिथ्य सत्कार तथा लिजर क्षेत्रले एक पटकका लागि एक स्थान बराबर ९ हजार पाउण्डसम्मको सहायता पाउनेछन् । यसका लागि व्यवसायको मूल्याङकन गरी रेट तोकिएको छ । जस्तै १५ हजार पाउण्ड मूल्य भएका व्यवसायलाई ४ हजार पाउण्ड, १५ देखि ५१ हजार पाउण्ड मूल्य भएकालाई ६ हजार पाउण्ड, ५१ हजार माथि मूल्य भएकालाई ९ हजार पाउण्ड सहायता दिइने छ ।
यस्तै लकडाउनबाट प्रभावित व्यवसायका लागि ५९४ मिलियन पाउण्डको ‘डिस्क्रिसनरी फण्ड’ बनाइएको छ भने १.१ बिलियन पाउण्ड स्थानीय निकायले आफ्नो विवेकमा वितरण गर्न पाउने छन् ।
नयाँ राहतको व्यवस्थाले करिब ६ लाख व्यवसायलाई राहत पुग्ने सुनकले अनुमान गरेका छन् ।
सरकारले स्कटल्याण्डका लागि ३७५ मिलियन पाउण्ड, वेल्सका लागि २२७ मिलियन पाउण्ड र उत्तरी आयरल्याण्डका लागि १२७ मिलियन पाउण्ड छुट्याएको छ ।
यस्तै बन्द भएका व्यवसायका लागि ३ हजार पाउण्ड र बन्द भइ पुन खोलिने व्यवसायका लागि खुलेपछि २ हजार १०० सहयोग दिइने छ ।
सरकारले लकडाउनले बन्द हुन पुगेका खुद्रा पसल, अतिथि सत्कार र लिजर व्यवसायलाई कर मिनाहा गरिसकेको छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न