शनिबार, माघ ३ २०७७ | Sat, January 16, 2021
नेपालको समय: १७:४४ | UK Time: 11:59

कोरोनासम्बन्धी कानुन उल्ल‌ङ्घन गरेको आरोपमा बेलायतमा सांसद गिरफ्तार

वीनेपाली
२०७७ पुष २० गते २०:४१

लण्डन । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि बनाएको कानुन उल्ल‌ंघन गरेको आरोपमा बेलायतकी एक सांसद गिरफ्तार भएको छिन् ।

स्कटिश न्याशनालिष्ट पार्टीका तर्फबाट सांसद रहेकी मार्गरेट फेरियरलाई गिरफ्तार गरिएको हो । उनी कोरोना भाइरसको लक्षण देखिँदादेखिँदै पनि सेप्टेम्बरमा सार्वजनिक यातायात चढेर स्कटल्याण्डबाट वेष्टमिनिष्टरस्थित स‌ंसद भवनमा आएकी थिइन् ।

उनको सो कार्यपछि उनलाई पार्टीले निलम्बन गरिसकेको छ र उनलाई राजिनामा दिन दबाब दिएको थियो । तर त्यसलाई अस्वीकार गर्दै उनी स्वतन्त्र सांसदको हैसियतमा सांसदमा छन् ।

स्कटल्याण्ड प्रहरीले उनीमाथि दण्डनीय र लापरवाहपूर्ण कार्य गरेको आरोप लगाएको छ ।

उनले आफ्नो कार्यका लागि माफी मागिसकेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक