लण्डन । बेलायतले पनि आज (सोमबार)देखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिन शुरु गरेको छ ।
बेलायतको अक्सफोर्डसायरस्थित चर्चिल अस्पतालमा एक ८२ वर्षीय पुरुषलाई सबैभन्दा शुरुमा सो खोप दिइएको हो ।
ब्रायन पिकर नाम गरेका उनी मिर्गौलाका बिरामी हुन् । उनले सामान्य अवस्थामा फर्कने एक मात्र उपाय खोप लगाउनु रहेको प्रतिक्रिया दिएका छन् । खोप लगाएपछि आफ्नो ४८ ओैं विवाह उत्सवका लागि आशावादी रहेको उनले बताएका छन् ।
अक्सफोर्ड र आष्ट्राजेनिककाको खोप यो साता करिब ५ लाख मानिसलाई दिने योजना छ । त्यसका लागि सो खोप यस सप्ताहान्तमा नै अस्पताल तथा जीपीहरुमा पुर्याइसकिएको छ ।
अक्सफोर्ड र अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।
यसअघि बेलायतले फाइजर र बायोएनटेकको खोपलाई स्वीकृति दिएको थियो । सो खोप हालसम्म १० लाख मानिसहरुलाई दिइसकिएको बताइएको छ ।
निकै सस्तो र वितरणमा निकै सहज मानिएको अक्सफोर्ड र आष्ट्राजेनिकाको खोप कोरोना भाइरसविरुद्धको लडाइँमा प्रभावकारी हुने अनुमान गरिएको छ ।
बेलायतको स्वास्थ्य सेवाका चिकित्सकीय महानिर्देशक प्रोफेसर स्टेफेन पोविसले इतिहासकै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको बताएका छन् ।
बेलायतले खोप लगाउनका लागि ७३० वटा खोप केन्द्र स्थापना गरिसकेको छ भने यसै साताभित्र १ हजार पुर्याउने योजना बनाएको छ ।
बेलायतले अक्सफोर्डको खोप १० करोड डोज अर्डर गरेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]