प्रवासी नेपालीसँग नेकपा अध्यक्ष नेपाल : ओलीकै कारण पार्टी फुट तिर

पोर्चुगल । नेकपा प्रवास समन्वय कमिटीले आयोजना गरेको नेकपा सम्वद्द प्रवासी नेपालीहरुको बृहत भर्चुअल भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले ओलीको सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्दै संविधान रक्षाको पक्षमा दृढतापूर्वक उभिन प्रवासी नेपालीहरुलाइ अपील गरेका छन् । ” केपी ओलीलाई सत्ता र शक्ति उन्मादको मात चढेर संविधान हुँदै नभएको व्यवस्थाको हवला दिएर संसद विघटन गरेका छन्” उनले भने ।

नेकपा सम्वद्द प्रवासमा क्रियाशील भर्चुअल रूपमा जुममा सहभागी भएका करिब ५०० अगुवा, समर्थक, शुभचिन्तकहरुको भेलालाई अध्यक्ष नेपालले भने “अहिलेको विवाद पदको होइन यो पार्टी, लोकतन्त्र र गणतन्त्रको विरुद्धका र पक्षधरता बिचको हो ।ओलीजीमा आफूलाई सर्वज्ञानी,सर्वज्ञाता, सुपरम्यान र आफूलाई पार्टी भन्दा माथी ठान्ने व्यक्तिवाद छ, पार्टीमा आरोप पत्रको सुरुवात ओलीले नै गरेको तथ्य सहित जिकिर नेपालले पेश गरे । ओलीका सत्ताले मातिएका कार्यकर्ता जस्तो सामाजिक सञ्जाल लगायतमा अराजक,असभ्य,गालीगलौज गर्ने शैलीमा प्रस्तुत नहुन अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशन दिए ।

“ओलीले एकैदिन बिहान बामदेवजी,दिउँसो माधव र साँझ प्रचण्डजीलाई प्रधानमन्त्री बनाइदिन्छु भन्ने खालको अति झुट र तुच्छ खेल खेल्नुभयो।” पूर्व प्रम नेपालले भने । अध्यक्ष नेपालले भेलामा ओलीको कडा आलोचना गर्दै भने “केपी ओलीजीसंग जनताले लडेर ल्याएको यो परिवर्तनप्रति कुनै अपनत्वबोध छैन । जब आज हामीले समाजवादको यात्रालाई अगाडि बढाउनुपर्ने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने, संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने बेलामा उहाँले एकपछि अर्को प्रतिगामी कदम चाल्नुभएको छ । संघीयताविरुद्ध, संविधान, लोकतन्त्र, जनअधिकार, चनचाहनाविरुद्ध कदम चाल्नुभएको छ ।”

स्थायी समिति सदस्य भीम रावलले ७० बर्षे कम्युनिस्ट आन्दोलनलाई प्रधानमन्त्री ओलीले धुजाधुजा बनाएको आरोप लगाए । उनले पार्टीको मार्ग निर्देशन र विधिमा सरकार चलाउन नसकेपछि काम गर्न नदिएको भनेर झुट बोल्दै हिडेको बताए । नेता रावलले ओली जनताको पक्षमा काम गर्न पुर्णत असफल भएको दावी गरे ।

त्यसैगरी कार्यक्रमलाई संबोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य बर्षमान पुनले संविधानको धारा ७६ को १ देखि ७ सम्म सरकार निर्माणबारेका व्यवस्था छन् । ४ विकल्पमध्ये कुनैपनि विकल्पबाट सरकार बनेन भने ६ महिना भित्र मध्यावधी चुनावमा जाने संवैधानिक व्यवस्था हो । यो अर्थमा प्रधानमन्त्रीलाई विघटन गर्ने कुनै आधार छैन । संविधानको ‘लेटर एण्ड स्पिरिट’ नै त्यही हो,एक प्रश्नको जवाफमा पुनले भने । “कुलमानको निरन्तरताका लागि आफूले पुनर्नियुक्तिका लागि मन्त्रीपरिषद र प्रधानमन्त्रीसमक्ष समेत प्रस्ताव लगेको हो । तर प्रधानमन्त्रीज्यूले मान्नु भएन” उनले भने।

भर्चुअल प्रविधि मार्फत भएको कार्यक्रम पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईको अध्यक्षता र सचिव श्रीप्रसाद शाहको सञ्चालन गरेका थिए भने प्रवासी नेपाली एकता मंच बेलायत अध्यक्ष राजेन्द्र पुडासैनीले सहभागीहरुलाइ स्वागत गरेका थिए। कार्यक्रममा प्रवासमा रहेका लगभग ५०० अगुवा कार्यकर्ताको प्रत्यक्ष सहभागिता रहको थियो भने फेसबुक लाइभ मार्फत हजारौंले हेरेका र सुनेका थिए ।

No description available.

प्रतिक्रिया

सम्बन्धित सामाग्री