प्रधानमन्त्री ओलीले झुटो बोल्दै हिडेका छन : नेकपा नेता योगेश भट्टराई

नेकपा प्रवास समन्वय कमिटीद्वारा आयोजित नयाँ बर्ष २०२१ भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा संसारभरिका नेकपा समर्थक शुभचिन्तक बीचमा बोल्दै नेकपा स्थायी समिति सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले झुटो बोल्ने र गलत काम गर्ने प्रधानमन्त्रीबाट देश विदेशका नेपालीहरुले के सिक्ने भनेर प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधनिक कदम अधिनायकवाद तिरको यात्रा भएको भन्दै कडा आलोचना गरे । शुक्रबार भएको भर्चुअल जुम कार्यक्रममा प्रवासमा रहेका २०० भन्दा धेरै प्रबासी नेपाली एकता मञ्चका पदाधिकारीहरु उपस्थित भएर केपीओलीले गरेको प्रतिनिधि सभा विघटनको कडा आलोचना गरेका छन् ।

कार्यक्रमलाई समन्वय कमिटीका सचिव श्रीप्रसाद शाह र वेलायत एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सहजिकरण गरेका थिए भने युवराज चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुवास पोख्रेल, लक्ष्मण पन्त, राजन बस्नेत, रामहरी गैह्रे, शेषमणी शर्मा, डा कृष्ण अर्याल, सुरेन्द्र भुषाल, जिवन खतिवडा, बेलुकाजी थापा, रमिला राई, धर्मराज खतिवडा, विमल गौतम, केशव नेपाल लगायतका प्रवासका अगुवाहरुले आ-आफ्नो शुभकामना सन्देश दिएका थिए । सो अवसरमा प्रमुख अतिथि योगेश भट्टराईले निर्वाचनको माध्यमबाट आएको यो अधिनायकवादलाई आफ्नै स्वअध्ययनले बुझेर विचार गरेर कुन पक्ष सहि छ र न्यायसंगत छ त्यता आफ्नो विचार राख्नु हुन अनुरोध गरेका छन् ।

सत्यको पक्षमा बोल्नुहोस्, व्यक्तिगत् गालिगलोज् नगर्नु होस् भन्दै उनले स्वच्छ राजनीति गर्न अनुरोध गरेका छन् । भट्टराईले केपी ओलीको यो कदमलाई निर्वाचनको माध्यमबाटआएको अधिनायकवादको संज्ञा दिएका छन् । ४७ सालको संविधानमा भएको व्यबस्था ७२ सालमा परिवर्तन भईसकेकोले पुरानो संविधानको धारालाई ७७ सालमा आएर लादेको यो कदम कुनै पनि आधार र तर्कमा जायज नहुने वताएकाछन् ।

“केपी ओलीलाई छलफलमा आउनुस्, स्थायी कमिटिमा आउनुस् भनेर पटकपटक भन्दा नमान्ने, भागेर हिँड्ने, आफ्नो स्टेटम्यानशीप देखाउनै नसक्ने, दिन दहाडै झुट बोलिदिने” भन्दै योगेश भट्टराईले सबै वैचारिक विचार बोकेकाहरुले कडा प्रतिवाद गरेर केपी ओलीले चालेको अधिनायकवादबाट मुलुकलाई वर्वादीको दिशातर्फ जान जोगाउन आवस्यक भएको बताएका छन् । प्रवास समन्वय कमिटिको निर्णय बेगर प्रतिगमनको समर्थनमा सहभागी भएका पदाधिकारिलाई विधिसंगत अनुसार अनुशासनको कार्बाही गरिने प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईंले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री