लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमू (गुरुङ) हरुको महान पर्व ल्होछारको अवसरमा धार्मिक पूजापाठको आयोजना गरेको छ । उक्त पूजा बुधबार ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको अल्डरसटस्थित बीसीसी युके गुम्बामा दीप प्रज्ज्वलन, मकला पूजा र आयु पूजासहित ग्रह शान्तिका लागि घ्याप्सी पूजा सम्पन्न भएको हो ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसवर्ष विश्वभर रहेको गुरुङहरुले मूसा वर्गलाई बिदाई गर्दै गाई वर्गलाई स्वागत गर्ने क्रममा बेलायतवासी गुरुङहरुले पनि बीसीसी युकेले आयोजना गरेको उक्त पूजामा अनलाईनमार्फत सहभागी भई तमू ल्होछार मनाएका हुन् । बीसीसी युकेले उक्त पूजालाई वर्तमान कोभिड–१९ को परिस्थितिलाई मध्यनजर राख्दै फेसबुक लाईभसमेत गरेका थिए ।
बीसीसी युकेका रिन्पोछे लुङ्गरिक र खेन्पो ङिमाले संसारभर रहेको मानव जातिको सुख, शान्ति, दीर्घायू र समृद्धिको कामना गर्दै सम्पन्न भएको उक्त पूजापाठमा बीसीसी युकेका अध्यक्ष नरेश गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, तमु धिं युके ११ औं कार्यसमितिका लागि नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङलगायतले सम्पूर्ण तमूहरुको प्रतिनिधित्व गर्दै स्वंयसेवकको भूमिका निभाएका थिए । त्यस्तै, तमु धिं युकेको तर्फबाट अध्यक्ष तथा उपाध्यक्षले गुम्बा परिस भित्र नयाँ लुङ्दासमेत फेरेका थिए ।
उक्त पूजामा दीप प्रज्ज्वलन तथा भोजन दान गर्न चाहनेहरुलाई यसअघि बीसीसी युके तथा तमु धिं युकेका सल्लाहकार मेजर खुशीमान गुरुङले उक्त पूजा बारे जानकारी गराउँदै सम्पर्क गर्न अनुरोध गरेका थिए । सोही अनुसार ३०५ जना भक्तजनहरुद्वारा दीप प्रज्ज्वलनका लागि १ हजार ४८६ पाउण्ड र भोजन दानका लागि ३ हजार २१ पाउण्ड संकलन भएको थियो । भोजन दान वापत संकलन भएको रकम मध्येबाट नेपालस्थित शेर्पा आमा समूह स्वयम्भूलाई एक लाख रुपैयाँ, गोपाल गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, गुप्ती गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, बौद्ध अर्घौं सदन पोखरालाई २५ हजार रुपैयाँ, फूलबारी गुम्बा पोखरा २५ हजार रुपैयाँ, धरान गुम्बालाई २५ हजार रुपैयाँ, रुम्जाटार गुम्बालाई २५ हजार रुपैयाँ, वगिन्द्र शिला गुम्बालाई २५ हजार रुपैयाँ, दार्जिलिङ्ग गुम्बालाई २५ हजार रुपैयाँ, शेचेन गुम्बा काठमाण्डौंलाई २५ हजार रुपैयाँ, याम्दी गुम्बा पोखरालाई २५ हजार रुपैयाँ, सपना रोका मगरको अभियानलाई २५ हजार रुपैयाँ र छोराछोरी नेपाललाई १६१ पाउण्ड ९८ पेन्स सहयोग प्रदान गरिएको सल्लाहकार मेजर खुशीमान गुरुङले जानकारी गराए ।
साथै, गुम्बा श्रोतका अनुसार उक्त ल्होछार पर्वको अवसरमा भोजन दानका लागि जनही १० पाउण्ड संकलन गरिएको थियो । जसमध्येबाट ९ पाउण्डको दरले २ हजार ६७० पाउण्ड २३ पेन्स नेपालमा सहयोग प्रदान गरिएको र बाँकी १ पाउण्डको दरले हुने ३५० पाउण्ड ७७ पेन्स उक्त पूजामा खर्च भएको छ । त्यस्तै, ल्होछारको अवसरमा बालिएको बत्ति अर्थात् दिप प्रज्ज्वलनका लागि संकलित १ हजार ४८६ पाउण्ड दीप प्रज्ज्वलनमै खर्च भएको समेत जनाईएको छ ।
स्मरण रहोस्, बीसीसी गुम्बाले तमू लगायत विभिन्न जातजातिहरुले मनाउने विभिन्न पर्वहरुमा विशेष पूजाको आयोजना गर्दै आएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश