लन्डन । बेलायत सरकारले कोरोनाभाइरस विरुद्ध अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनेकाले बनाएको भ्याक्सिनलाई बेलायतमा प्रयोगका लागि अनुमति दिएको छ ।
बेलायतको स्वास्थ्य तथा व्यूटी उत्पादनसम्बन्धी नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार सो खोपलाई स्वीकृति दिएको बीबीसीले जनाएको छ।
सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप बेलायतभर प्रयोगमा ल्याउन अनुमति दिएपछि लाखौँ बेलायतबासीले कोरोना विरुद्धको भ्याक्सिन छिटो पाउने भएका छन् । बेलायतले सो खोपको १०० मिलियन डोज अर्डर गरिसकेको छ भने तत्काल ४० लाख डोज उपलब्ध भएको बताइएको छ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बेलायती वैज्ञानिकहरुका लागि साे खोपले अनुमति पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन् ।उनले आउँदो सोमबारदेखि बेलायतमा ठूलो संख्यामा खोप दिनका लागि स्पोर्ट्स स्टेडियम तथा सम्मेलन स्थलहरुमा व्यापक रुपमा खोप वितरण गरिने बताएका छन् ।
बेलायत अहिले कोरोना भाइरस संक्रमणको चरण स्थितिमा पुगेको छ । हिजो मंगलबार मात्र ५० हजार भन्दा माथिमा कोरोना संक्रमण पाइएको देखिएको थियो भने अस्पताल भर्ना आजकल यो वर्षकै उच्च विन्दुमा पुगेको छ। एसेक्स लगायत कतिपय क्षेत्रमा अस्पतालको शैय्या अभावका कारण संकटकाल पनि घोषणा गरिएको छ ।
यस्तो अवस्थामा अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज र कम खर्चिलो भएका कारण कोरोना विरुद्धको लडाइँमा अत्यन्त प्रभावकारी हुने विश्वास गरिएको छ । यो खोप अरु खोपभन्दा सस्तो पर्ने भएकाले विकाशोन्मुख मुलुकहरुका लागि पनि यो खुशीको खबर हुन सक्छ । यो खोपको एक डोजको मूल्य तीन पाउण्ड पर्ने जनाइएको छ । यो खोप पनि प्रति व्यक्ति दुई डोज भ्याक्सिन आवश्यक हुन्छ तर बेलायतको खोपसम्बन्धी संयुक्त समितिले बुधबार आफ्नो सुझावमा परिवर्तन गर्दै दुई डोज खोप तीन महिनाभित्रमा दिँदा हुने बताएको छ । यसअघि तीन सातामा दुई डोज लिन पर्ने सुझाव दिइएको थियो । समितिले कोरोना खोपको एउटै डोजले पनि व्यक्तिलाई अस्पताल भर्ना हुन पर्ने अवस्थामा पुग्न नदिन काफी हुने पनि प्रष्ट पारेको छ ।
अक्सफोर्ड विश्वविद्यालयले यसैवर्ष सो खोपबारे अनुसन्धान शुरु गरेको थियो र एकै वर्षमा खोप लगाउन अनुमति पनि पायो । सो खोपको ४० मिलियन डोज आउँदो मार्चभित्रमा बेलायतमा उपलब्ध हुने बताइएको छ ।
बेलायतले तीन सातादेखि फाइजरको खोप पनि लगाउँदै आएको छ । तर प्राथमिकतामा राखिएका मानिसहरुमा मात्र हालसम्म सो खोप सीमित रहेको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद