पोर्तुगल। निमोनियाका विरामी रहेका तनँहुका २७ बर्षिय एक युवालाई कोरोना संक्रमण समेत भएपछि लिस्बनमा निधन भएको छ । कोरोनाका कारण पोर्तुगलमा ज्यान गुमाउने उनी दोश्रो नेपाली हुन् ।
पोर्तुगलमा २९ बर्षमुनिको उमेर समुहमा कोरोनाक कारण ज्यान गुमाउने उनी नवौ व्यक्ति हुन्। १९-२९ बर्ष समुहमा कोरोनाका कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति रहेको स्वास्थ्य महानिर्देशनालय जनाएको छ ।
उनको शव अहिले साउ जोसे अस्पताल, मार्तिमुनिज, लिस्बनमा राखिएको छ। उनी यसै बर्ष पोर्तुगल आएका थिए । उनको अन्तिम संस्कार पोर्तुगल मै हुने श्रोतले जनाएको छ ।
पोर्तुगलमा २९ डिसेम्बरमा मात्रै कोरोना संक्रमणका कारण ७४ जनाको ज्यान गएको छ भने ३ हजार ३३६ जना नयाँ संक्रमित फेला परेका छन्।
पोर्तुगलमा कोरोना संक्रमणका कारण हालसम्म ६ हजार ७५१ जनाले ज्यान गुमाईसकेका छन्।
त्यस्तै कोरोना संक्रमितको संख्या ४ लाख २ पुगेको छ। कोरोना संक्रमणबाट उपचार पश्चात निको हुनेको संख्या ३ लाख २७ हजार ७९४ रहेको स्वास्थ्य महानिर्देशनालयको पछिल्लो तथ्यांक छ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश