लन्डन । विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले पुराना गायक एवम् साहित्यकार मास्टर मित्रसेन थापा मगरलाई सम्झने भएको छ ।
१२५ औँ मास्टर मित्रसेन जयन्तीका अवसरमा महासङ्घले एक अन्तर्राष्ट्रिय परिचर्चा कार्यक्रम आयोजना गर्दै सेनलाई स्मरण गर्न लागेको हो ।
युद्ध साहित्यका लागि मास्टर मित्रसेन एक महत्वपूर्ण पात्रका रूपमा रहेको भन्दै महासङ्घले यहीँ जनवरी ३ तारिखका दिन एक अन्तर्राष्ट्रिय साहित्यिक संवाद आयोजना गर्न लागिरहेको अध्यक्ष विजय हितानले बताए । उनका अनुसार कार्यक्रममा बेलायत, भारत, नेपाल र अन्य मुलुकहरूबाट साहित्यकारहरूको उपस्थिति रहने छ ।
जुममार्फत हुन लागिरहेको संवादमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौँका अध्यक्ष त्रिलोकसिं थापा मगर, गुवाहटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्मा र मित्रसेन साहित्य संगीत सभा भाग्सु धरमशालाका अध्यक्ष साधना नेपाली प्रमुख वक्ताका रूपमा सहभागी हुँदैछन् । कार्यक्रममा सर्जकहरूले केही युद्ध रचना र गीत पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष हितानले जानकारी दिए ।
मास्टर मित्रसेन नेपाली लोक गायक, गीतकार, नाटककार र सामाजिक नेताका रूपमा चर्चित छन् । उनको जन्म सन् १९८५ डिसेम्बर २९ मा भएको थियो । सैनिक जीवनमा छोटो समय बिताएका उनको निधन सन् १९४६ अप्रिल ७ मा भएको थियो । उनले पहिलो विश्वयुद्धमा फ्रान्सको युद्धमा समेत सहभागिता जनाएका थिए । उनका २४ डिस्क रेकर्ड र ९७ गीतहरू नेपाली सङ्गीतमा रेकर्ड भएका छन् । त्यसमध्ये, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर’, ‘मलाई खुत्रुक्कै पार्यो जेठान’ लगायतका गीतहरू लोकप्रिय छन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न