मगर संघ क्याट्रिकमा पुन: क्याप्टेन भक्त थापा

लण्डन । मगर संघ क्याट्रिक शाखाको छैटौं अधिवेसनले पुन: क्याप्टेन भक्तबहादुर थापामगर एमभिओको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शाखाको डिसेम्बर २५का दिन सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा २५ सदस्सीय नयाँ समिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिका उपाध्यक्षमा दिलबहादुर रानामगर, सचिव प्रदीप रानामगर, सहसचिव सचिन रानामगर, कोषाध्यक्ष थमन रानामगर, सहकोषाध्यक्ष टोपबहादुर थापामगर चयन भएका छन् यस्तै सदस्यहरुमा खाद्य संयोजक डम्बर राना र सहसंयोजक प्रेमप्रसाद थापा, पेयपदार्थ व्यवस्था संयोजक महेश थापामगर र सहसंयोजक सोलाल रानामगर, जायजेथा संयोजक रमेश थापामगर र सहसंयोजकहरुमा भेषबहादर बुढाथोकीमगर र पदम आलेमगर, साँस्कृतिक सुपरीवेक्षक धनबहादुर श्रीशमगर, साँस्कृतिक संयोजकमा विशाल थापामगर र सहसंयोजकमा युवराज थापामगर, यातायात संयोजकमा खेमबहादुर आलेमगर र सहसंयोजकमा दलबहादुर थापामगर (पाल्पा) रहेका छन् ।

यसैगरी मिडिया संयोजकमा खेमबहादुर थापामगर, युवा संयोजकमा तिलक थापामगर र सहसंयोजकमा यादवकुमार गाहामगर, क्याट्रिक महिला संयोजकहरुमा ज्ञानीसरा थापामगर र मान रानामगर, डार्लिङटन महिला संयोजकहरुमा तेजकुमार राना र भोजकुमारी थापा रहेका छन् ।

नवनिर्वाचित समितिलाई मगर संघ युके केन्द्रीय समितिका अध्यक्ष सुनिल राना र महासचिव रुद्र थापाले बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री