नेकपा बेलायत संसद पुर्नस्थापना पक्षमा

 

लण्डन । प्रवासी नेपाली एकता मंच (ओएनयुएफ)युकेले प्रधानमन्त्री केपी ओलीले संविधान बिपरीत गरेको संसद बिघटनको बिपक्षमा उभिदै पुनस्र्थापना पक्षमा दृढतापुर्वक उभिन आव्हान गरेको छ । आइतबार बेलायतमा भर्चुअल जुम बैठकमा बसेको राष्ट्रिय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असवैधानिक भन्दै संसद  पुनर्स्थापनाको पक्षमा उभिन सबैमा आव्हान गरेको हो ।

ओएनयुएफका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकमा प्रधानमंत्री ओलीले प्रतिनधिसभा विघटन गर्नु गलत भएको निष्कर्ष निकालिएको थियो । बैठकले संवैधानिक व्यवस्था विपरीत भंग गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान माथि नै प्रस्न उठ्ने भएकोले पार्टी एकताको पक्षमा रहेका कार्यकर्ताहरूलाई प्रतिनिधिसभा पुनर्स्थापनाका लाग्न आग्रह गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीको कदमको कार्यसमिति सदस्य सरस्वति केसी र हेम लिम्बुले असहमति ब्यक्त गरेका थिए । सदस्यद्वय बिमल सेने र विजय बिक्रम लिङगदेनले सर्बोच्च अदालतको फैसला नआउँदासम्म पक्ष वा बिपक्षमा नलाग्ने भन्दै मौन बस्ने निर्णय गरेको सचिव सुरेश गौतामद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । गौतमका अनुसार सामाजिक संजालमा सहकर्मी साथीहरूलाई अशोभनीय र गैह्र राजनीतिक टिप्पणी गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । साथै, नेपालको वर्तमान परिस्थितिको बारेमा स्वतन्त्र र नागरिक समाज का व्यक्तिहरु संग अन्तरक्रिया गर्ने समेत निर्णय समेत बैठकले गरेको छ ।

बिज्ञप्ती जस्ताको तस्तै 

आज मिति २७ डिसेम्बर २०२० का दिन प्रबासी नेपाली एकता मंच युकेको रास्ट्रिय कार्यसमितिको अनलाईन बैठक कमिटिका सचिब सुरेश गौतमको संचालनमा कमिटिका अध्यक्ष कमरेड राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न भयो। वर्तमान गम्भीर राजनीतिक परिस्थितिका विच भएको आजको बैठकले विभिन्न समसामयिक बिषयहरूमा छलफल गरि निम्न बनोजिम निर्णयहरु गरेको छ।

१. सरकारको नीति तथा कार्यक्रम र बजेट पास हुन अबरोध नभएको साथै सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रधानमंत्री कमरेड के पी शर्मा ओलीले प्रतिनधिसभा विघटन गर्नु गलत भएको कुरा यस बैठकले ठहर गरेको छ । संवैधानिक व्यवस्थाविपरीत भंग गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान माथि नै प्रस्न उठ्ने भएकोले प्रधानमन्त्री ओलीले विधि, विधान पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको अवस्थामा अब पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आ(आफ्नो ठाउँबाट दृढतापर्बक उभिनको लागी आब्हान गर्ने निर्णय गरियो। यस निर्णयमा यस कमिटिका सदस्यहरु कमरेड सरस्वति केसी र कमरेड हेम लिम्बुले असहमति ब्यक्त गर्नु भयो भने कमरेड बिमला सेने र कमरेड विजय बिक्रम लिंगदेनले सर्बोच्च अदालतको फैसला नआउँदासम्म यस विषयमा मौन बस्ने विचार ब्यक्त गर्नु भयो।

२. पार्टी बिभाजन हुने तहमा पुगेको वर्तमान परिस्थितीमा पार्टीका नेता र आफ्ना सहकर्मी साथीहरूलाई अशोभनीय र गैह्र राजनीतिक टिप्पणीहरु नगर्न समेत सचेत गर्ने निर्णय गरियो। पार्टी अनुशासन बिपरित जाने सदस्यहरुलाई सचेत गराउदै आबस्यक परे कारबाही समेत गर्ने निर्णय गरियो ।

३. वर्तमान परिस्थितिको बारेमा स्वतन्त्र र नागरिक समाजका व्यक्तिहरु संग अन्तरक्रिया गर्ने समेत निर्णय गरियो।

आजको बैठकमा उपस्थित हुने कमरेड हरू
राजेन्द्र पुडासैनी (अध्यक्ष)
सुरेश गौतम (सचिव)
रबिन्द्र कणेल (सदस्य)
कुमार केसी (सदस्य)
मान बहादुर गुरूंग (सदस्य)
उमेश राज मोक्तान (सदस्य)
ठाकुर प्रसाद शर्मा (सदस्य)
सरस्वती केसी (सदस्य)
बिजय बिक्रम लिंगदेन (सदस्य)
शेरसिंह ठकुरी (सदस्य)
कृष्ण भण्डारी (सदस्य)
शुरेशजंग शाह (सदस्य)
कपिल श्रेष्ठ (सदस्य)
सुशिला राई (सदस्य)
पार्वती पाण्डे (सदस्य)
बिमला सेने (सदस्य)
मिनु श्रेष्ठ (सदस्य)
अरुण थापा (सदस्य)
कृष्ण तिवारी (सदस्य)
हरिकृष्ण पौडेल (सदस्य)
राममणी रिजाल (सदस्य)
पदम राई (सदस्य)
जोनी पहारी (सदस्य)
हेम लिम्बु  (सदस्य)
राजन अर्याल (सदस्य)

आजको बैठकमा अनुपस्थित कमरेडहरू

रामजी बराल – सदस्य
दासुराम पाण्डे – सदस्य
धन बहादुर क्षेत्री – सदस्य
फुल प्रसाद कडेल- सदस्य
नरेन्द्र कडेल- सदस्य

हाल सम्मका कुनै पनि बैठकमा अनुपस्थित कमरेडहरू:
रूद्र गैरे- सदस्य
श्याम सेरचन -सदस्य
महेन्द्र कडेल- सदस्य
नारद भण्डारी (राजीनामा दिईसक्नु भएको)

हार्दिक अभिवादन सहित,
राजेन्द्र पुडासैनी
अध्यक्ष

सुरेश गौतम
सचिब

प्रतिक्रिया

सम्बन्धित सामाग्री