बेलायतमा ६ लाख बढीले लगाए कोरोना भाइरस खोप

बेलायतमा ६ लाख भन्दा बढीले ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ लगाइ सकेका छन ।
बेलायतमा कोरोना भाइरस बिरुद्ध ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ ६ लाख भन्दा बढी लगाइ सकेको सरकारले जनाएको हो ।

गत ८ डिसेम्बरदेखि २० डिसेम्बरसम्म ६ लाख १६ हजार ९ सय तेत्तीस जनाले खोप लगाएको बेलायत सरकारले जनाएको छ । बेलायत सरकारले जारी गरेको बिज्ञप्तीमा खोपको पहिलो डोज लिनेमा इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड समेतको जनसंख्या हो । जसअनुसार इंग्ल्याण्डमा ५ लाख २१ हजार ५ सय ९४ जना, स्कटल्याण्डमा ५६ हजार ६ सय ७६ जना, वेल्समा २२ हजार ५ सय ९५ जना, नर्दन आयरल्याण्डमा १६ हजार ६८ जनाले खोप लिईसकेका छन ।
जेसिभिआइका सल्लाहअनुसार ८० बर्ष भन्दा माथि केयर होमका बुढाबुढी, हेल्थ एण्ड सोसियल केयरमा कार्यरत कर्मचारीलाई खोपको प्राथमिकतामा छन । उक्त प्राथमिकताका आधारमा सरकारले अस्पताल र जीपी मार्फत ५ सय स्थानबाट खोप लगाइरहेको छ । खोप लगाउने क्रम क्रिसमस र नयाँ बर्षको अवधिमा पनि जारी रहेको छ । गत १६ डिसेम्बरबाट बेलायतमा कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको थियो । छोटो अवधिमा लाखौं मानिसहरुलाई खोप लगाउने काम गरेको भन्दै स्वास्थ्यमन्त्री ह्यानककले एनएचएसका कर्मचारीलाई धन्यबाद दिएका छन ।
बेलायतले  ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको थियो । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेलायतमाको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान यस पटक सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री