बेलायतमा ६ लाख भन्दा बढीले ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ लगाइ सकेका छन ।
बेलायतमा कोरोना भाइरस बिरुद्ध ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ ६ लाख भन्दा बढी लगाइ सकेको सरकारले जनाएको हो ।
गत ८ डिसेम्बरदेखि २० डिसेम्बरसम्म ६ लाख १६ हजार ९ सय तेत्तीस जनाले खोप लगाएको बेलायत सरकारले जनाएको छ । बेलायत सरकारले जारी गरेको बिज्ञप्तीमा खोपको पहिलो डोज लिनेमा इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड समेतको जनसंख्या हो । जसअनुसार इंग्ल्याण्डमा ५ लाख २१ हजार ५ सय ९४ जना, स्कटल्याण्डमा ५६ हजार ६ सय ७६ जना, वेल्समा २२ हजार ५ सय ९५ जना, नर्दन आयरल्याण्डमा १६ हजार ६८ जनाले खोप लिईसकेका छन ।
जेसिभिआइका सल्लाहअनुसार ८० बर्ष भन्दा माथि केयर होमका बुढाबुढी, हेल्थ एण्ड सोसियल केयरमा कार्यरत कर्मचारीलाई खोपको प्राथमिकतामा छन । उक्त प्राथमिकताका आधारमा सरकारले अस्पताल र जीपी मार्फत ५ सय स्थानबाट खोप लगाइरहेको छ । खोप लगाउने क्रम क्रिसमस र नयाँ बर्षको अवधिमा पनि जारी रहेको छ । गत १६ डिसेम्बरबाट बेलायतमा कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको थियो । छोटो अवधिमा लाखौं मानिसहरुलाई खोप लगाउने काम गरेको भन्दै स्वास्थ्यमन्त्री ह्यानककले एनएचएसका कर्मचारीलाई धन्यबाद दिएका छन ।
बेलायतले ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको थियो । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेलायतमाको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान यस पटक सुरु गरिएको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश