नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि

 

Symbol of coronavirus infection, corona virus detection. Doctor in protective mask measures the temperature of man in a suit. COVID-19 measure fever to virus infected person.viruses pandemic outbreak.

लण्डन । हालै बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार फ्रान्समा पनि देखा परेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको हो।

लक्षण केही नदेखिएपनि उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। बेलायतमा नयाँ स्वरुप देखिएपछि फ्रान्सले नाकाबन्दी लगाएको थियो । तर बुधवार नाका खोलिएको थियो । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्समा पनि पाइएको थियो।

नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्दै थुप्रै देशले बेलायतमा आउने र जाने उडान रद्द गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री