
लण्डन । कोरोना संक्रमितको संख्या बढेपछि पाँच संस्थाले आइतबार (२७ डिसेम्बर)को साइकल राइड कार्यक्रम स्थगित गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, एनआरएनए युके राज्य समन्वय परिषद ईङ्ग्ल्याण्ड, हेल्प नेपाल नेटवर्क , वूल्विच राइडर क्लब तथा ग्रिनवीच यूथ एशोसियसन यूकेले संयुक्त रुपमा आयोजना गरेको साईकल राइड प्रतियोगिता स्थगित गरिएको हो ।
ति संस्थाहरुले नेपालमा असहाय बालबालिका हरुको सहयोगार्थ आइतबार लण्डनको वूल्विचबाट उक्त कार्य संचालन गर्ने कार्यक्रम तय भएको थियो । बेलायत सरकारले लन्डन क्षेत्रलाई टियर ४ मा राखेको छ । जसका कारण मानिसहरुलाई एकै ठाउँमा जमघट हुन प्रतिबन्द गरिएको छ।
आयोजक समितिको अकस्मिक बैठक बसी यस अबस्थाबारे छलफल गरिएको थियो। समितिको निर्णय अनुसार, जुन उश्देस्यको लागि रकम उठाइएको थियो त्यो रकम सम्बन्धित निकाएसंग सम्पर्कगरि सिघ्र रकमपठाउने निर्णय गरिएको छ। साथै, चन्दा दाताज्युहरुलाई निम्न बैंक खातामा शिघ्र ट्रान्सफर गरिदिनुहुन पनि आयोजक समिति बिनम्र अनुरोध गरेको छ।
बेलायत सरकारले गत साता इस्ट लण्डनलाई टियर फोरमा राखेपछि साईकल राइड प्रतियोगिता पछि गरिने आयोजक संस्था मध्येका एक राज्य समन्वय परिषद ईङ्ग्ल्याण्ड अध्यक्ष दिपक श्रेष्ठले जनाए । उनकाअनुसार पबित्र कार्यमा सहयोगगर्नु हुने सम्पूर्ण चन्दा दाताहरुलाई धन्यवाद दिइएको छ । हालसम्म जम्मा भएको रकम तत्काल बैंक खातामा दाखिला गर्न समेत अनुरोध गरिएको छ ।
बैंक खाताको विवरण :
Buddha Foundation
Barclays Bank
20-57-76
A/c: 93183165
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश