एनआरएनए संस्थापन पक्षको विधान संशोधन प्रस्ताब : नयाँ पुस्तालाई लगभग प्रवेश निषेध !

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नयाँ पुस्तालाई प्रवेशमा लगभग निषेध गरेको छ । संघमा नयाँ पुस्तालाई प्रवेश नगराई पुरानै बिभिन्न पद ओगटेर बिगतदेखि बस्ने व्यक्तिहरुकै हालीमुहाली रहने गरि संशोधन प्रस्ताब विशेष महाधिवेशनमा लैजाने भएको छ । उक्त प्रस्तावले संघमा नयाँ पुस्तालाई नेतृत्वमा पुग्न लगभग असंभव छ ।
बिहीबार संघका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले सार्वजनिक गरिएको संशोधन प्रस्ताबमा पुराना मानिसहरुको हालीमुहाली रहने गरि ७० प्रतिशत प्रतिनिधि रहने गरि कोटा छुट्याइएको छ । त्यस्तै, थप १० प्रतिशत एनआरएनएमा चन्दा दिने व्यापारी र विज्ञ तथा बिशेषज्ञ रहेका व्यक्तिहरुलाई समावेश गर्नु पर्ने बाध्यकारी मापदण्ड सहितको प्रस्ताव सार्वजनिक गरिएको छ । यो प्रस्ताब बिना संशोधन पारित भएमा एनआरएनए सधै संस्थापन पक्षको कव्जामा जाने प्राय: निश्चित छ ।
संघको प्रस्ताबित संसोधनमा विधानमा महाधिवेशनका लागि चयन हुने प्रतिनिधिमा ८० प्रतिशत संस्थापन पक्षकै व्यक्तिहरु चयन हुनेछन् । जस अन्तर्गत विगतमा काम गरिसकेका व्यक्तिहरुको ७० प्रतिशत राख्नु पर्ने बाध्यकारी व्यवस्था छ । जसमा आइसीसी (अन्तरराष्ट्रिय समन्वय परिषद्) प्रमुख संरक्षक, संरक्षकहरु, पुर्वअध्यक्षहरु, सल्लाहकार, मानार्थ सदस्यहरु, पुर्व संरक्षकहरु आइसीसी अनुसाशन समिति र विधान समितिका संयोजक र सदस्यहरु तथा आइसीसी सदस्यहरु छन । त्यस्तै, कार्यकारी सचिवालयका पुर्व पदाधिकारीहरु, एनसीसी(राष्ट्रिय समन्वय परिषद्)का अध्यक्षहरु, प्रमुख संरक्षकहरु, पदाधिकारीहरु प्राथमिकताको आधारमा ५ जना, एनसीसीका पुर्वअध्यक्षहरु, आइसीसी कार्यालय पुर्वपदाधिकारीहरु, आइसीसी संस्थापक सदस्यहरु, आइसीसी पुर्वसल्लाहकार, आइसीसी पुर्वमानार्थ सदस्यहरु, आइसीसी पुर्वसदस्यहरु, आइसीसी अन्तर्गत गठन भएका कमिटि तथा कार्यदलका संयोजकहरु, एनसीसी सदस्यहरु, एनसीसीका पुर्व पदाधिकारी, एनसीसीका पुर्वसंरक्षकहरु, पुर्व सल्लाहकारहरु तथा संस्थापक पदाधिकारीहरु र राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठित समिति तथा कार्यदलका संयोजकहरु रहने छन ।
आइसिसिको नेतृत्व चयन गर्ने प्रतिनिधीहरुको छनोट प्रकृयालाई वैज्ञानिक र पारदर्शी बनाईएको दावी संस्थापन पक्षले गरेको छ । यो प्रस्ताब पारित भएमा संस्थापन पक्षले पकेटबाट प्रतिनिधी पठाउने ब्यवस्थाको सुरुवात हुनेछ । एनसिसिले पठाउने २० प्रतिशत प्रतिनिधीहरु निर्वाचित भएर जानु पर्नेछ । एनसीसीमा ‘पैसाको चलखेल’ सुरुवात गर्नेछ । आफु प्रतिनिधि भएर जानलाई अस्वस्थ प्रतिस्पर्धाको सुरुवात एनसीसीबाटै हुनेछ । सीमित पदमा धेरै आकाक्षी हुदा यो समस्या तत्कालै आउनेछ ।

केन्द्रीय प्रतिनिधिहरु अनिवार्यरुपमा अगष्ट १५ सम्म चयन गरि सकेको हुनु पर्ने प्रस्ताब संशोधनमा छ । केन्द्रीय निर्वाचनको १ महिना अघि नै मतदाताहरु तय भै सक्ने ब्यबस्था बिधानमै राखिएकाले संस्थापन पक्षले सजिलै निर्वाचन जितेर आउने छ । संशोधनमा प्रस्ताबमा एनसिसिहरुले जुलाई १५ देखि ३१ सम्म आफ्नो अधिवेशन अनिबार्य रुपमा गर्नु पर्ने छ ।

कसरी छानिन्छन महाधिवेशन प्रतिनिधिहरु
अन्तरराष्ट्रिय/राष्ट्रिय समन्वय परिषद्का हाल र विगतमा काम गरिसकेका व्यक्तिहरु ७० प्रतिशत प्रतिनिधि चयन हुनेछन । जसमा आईसीसी प्रमुख संरक्षक, संरक्षकहरु, पुर्वअध्यक्षहरु, सल्लाहकार, मानार्थ सदस्यहरु, पुर्व संरक्षकहरु आईसीसी अनुशाशन समिति र विधान समितिका संयोजक र सदस्यहरु, आईसीसी सदस्यहरु, कार्यकारी सचिवालयका पुर्व पदाधिकारीहरु, एनसीसीका अध्यक्षहरु, प्रमुख संरक्षकहरु, पदाधिकारीहरु प्राथमिकताको आधारमा ५ जना, एनसीसीका पुर्वअध्यक्षहरु, आईसीसी कार्यालय पुर्वपदाधिकारीहरु, आईसीसी संस्थापक सदस्यहरु, आईसीसी पुर्वसल्लाहकार, आईसीसी पुर्वमानार्थ सदस्यहरु, आईसीसी पुर्वसदस्यहरु, आईसीसी अन्तर्गत गठन भएका कमिटि तथा कार्यदलका संयोजकहरु, एनसीसी सदस्यहरु, एनसीसीका पुर्व पदाधिकारी, एनसीसीका पुर्वसंरक्षकहरु, पुर्व सल्लाहकारहरु तथा संस्थापक पदाधिकारीहरु र राष्ट्रिय समन्वय परिषद् अन्तर्गत गठित समिति तथा कार्यदलका संयोजकहरु छन ।

प्रतिनिधि घटाउने प्रस्ताब
१ हजार पंजिकृत सदस्य भएका एनसीसीहरुलाई बरावर एक सय जना प्रतिनिधि दिने बिगतको व्यवस्थालाई परिवर्तन गरि ५० जना प्रतिनिधिको व्यवस्था राखिएको छ । दुई हजार पंजिकृत सदस्यमा एक सय २५ बाट घटाएर ७५, तीन हजार पंजिकृत सदस्य भएकालाई एक सय आठतिसबाट घटाएर ८० जना प्रतिनिधि, चार हजार पंजिकृत भएकालाई दिदै आएको एक सय ४६ बाट घटाएर ८५ जना प्रतिनिधि, पाँच हजार पंजिकृत सदस्य भएकालाई एक सय ५२ प्रतिनिधिबाट ८८ जना प्रतिनिधि कायम गर्ने प्रस्ताब गरिएको छ । त्यस्तै, १० हजार पंजिकृत भएकालाई एक सय ७१ बाट घटाएर ९४ जना,  १५ हजार पंजिकृत सदस्य भएकालाई दिदै आएको एक सय ८१ र २० हजार पंजिकृत सदस्य भएकालाई एक सय १८९ मा प्रतिनिधि दिइने गरिएकोमा २० हजार सम्म सदस्य भएकालाई एक सय प्रतिनिधि दिने गरि संशोधन प्रस्तुत गरिने छ । त्यसवाहेक २० हजार भन्दा बढी सदस्य भएमा प्रत्येक तीन हजारमा एक जना थप प्रतिनिधि चयन हुनेछ ।
सानो घेरामा लैजाने, पद बढाउने प्रस्ताब
सानो घेराबाट आइसीसी नेतृत्व चयनको गर्ने तयारी संस्थापन पक्षले गरेको छ । संशोधन प्रस्ताबमा प्रतिनिधि घटाए पनि केन्द्रदेखि क्षेत्रसम्म पदहरु सिर्जना गरिएको छ ।
क्षेत्रको संयोजक प्रमुख रहने गरी उपसंयोजकहरु, महिला तथा युवा संयोजकहरु, महिला तथा युवा उपसंयोजकहरु गरि व्यापक रुपमा आफ्ना मानिसहरु राख्ने गरि पदहरु बढाइएको छ । धेरै पद दिएर लामो समय संस्था कब्जा गर्न गरि संशोधन प्रस्ताबहरु आएका छन । आगामी २३ जनवरी र २४ जनवरी २०२१ भर्चुअल रुपमा संघको विशेष अधिवेशन गर्ने मिति तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री