लन्डन । बेलायतमा नयाँ किसिमको कोरोनाभाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच बुधबार सहमति भएको छ ।
बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तर–सीमा यात्रा खुकुलो बनाउन लागिएको हो ।
बेलायतमा कोभिड–१९ को नयाँ स्वरुपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरिसँगै अधिकाँश युरोपेली मुलुकहरुले बेलायतीहरुको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए ।
मङ्गलबार डोभरमा सयौं मालबाहक ट्रकहरुको ताँती देखिएको थियो । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ ।
बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले मङ्गलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गर्नु भएको थियो । सहमति अनुसार अति जरुरी काम परेर यात्रा गर्न चाहने व्यक्तिलाई कोभिड–१९ को परीक्षणमा नेगेटिभ हुनुपर्ने छ ।
तर, उहाँले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरु नलैजान चालकहरुलाई आग्रह गर्नु भएको छ ।
फ्रान्सेली यातायात मन्त्री जाँ–बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डुङ्गा र युरोस्टार रेल बुधबार बिहानदेखि शुरु हुने जानकारी दिनुभयो ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान