लण्डन । बेलायतबाट फ्रान्स छिर्न आइतबारदेखि रोकिएमा सो खुलाउन फ्रान्स सहमत भएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापका अनुसार कोभिड-१९ को टेष्ट नेगेटिभ भएकाहरुलाई मङ्गलबार राति १२ बजेदेखि फ्रान्स जान दिइने भएको हो ।
फ्रान्सले तीन दिनसम्मको टेष्ट रिजल्टलाई मान्यता दिने भएको छ । आजै मध्यरातबाट रेल, हवाइजहाज र जल यातायातबाट फ्रान्स जान पाइने भएको छ । तर डोभर च्यानलमा रोकिएका मालबाहक साधनहरु भने सम्भवत भोलिदेखि फ्रान्स जान पाउने छन् । यसबारेमा फ्रान्सका प्रधानमन्त्रीले केही समयमै जानकारी दिने बताइएको छ ।
अहिले बेलायतले ती सवारीसाधनका चालकहरुको कोभिड टेष्ट गराउन सैनिक परिचालन गर्न खोजिरहेको बताइएको छ ।
आइतबार रातिदेखि फ्रान्सले बेलायतबाट हुने यात्रामा रोक लगाएपछि अहिले डोभर च्यानल नजिकै करिब ३ हजारको संख्यामा मालबाहक सवारीसाधनहरु थुप्रिएको केन्ट काउन्टीले जनाएको छ । मन्त्री सापले सो क्षेत्रमा नजान मालबाहक सवारीचालकहरुलाई अनुरोध गरेका छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ