बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: ०३:२३ | UK Time: 21:38

नेपाली दुताबास लण्डनद्वारा नेपालको भिसा दिन बन्द

वीनेपाली
२०७७ पुष ७ गते १७:३५

लण्डन । बेलायतमा संक्रामक कोरोना भाइरस फैलिएकाले नेपाल सरकारले बेलायतबाट नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएपछि नेपाली दुताबास लण्डनले नेपालको भिसा जारी नगर्ने भएको छ ।

दुताबासले मंगलबार अपराह्न एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपाल सरकारले अर्को निर्णय नगरेसम्म दुताबासबाट पर्यटक तथा अन्य भिसा जारी नगर्ने बताएको हो ।

नेपाल सरकारले आजै बेलायतबाट नेपाल जाने तथा अन्य मुलुकहरुबाट बेलायतमा ट्रान्जिट हुँदै नेपाल जाने यात्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विश्वका करिब ५० मुलुकले सो भाइरस फैलिने डरले बेलायतमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक