लण्डन। बेलायतमा नयाँ भाइरस भेटिएको समाचार सार्वजनिक भएसँगै नेपालले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।
मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट पनि बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । युरोपियन युनियन लगायत अन्य मुलुकहरुले बेलायतसँग सीधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए ।
बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेण्टाइन बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ । यस्तै, आज नेपाल आउन ट्रान्जिटमा रहनु हुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]