लण्डन । बेलायतका लागि नेपाली राजदुतका रुपमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर नेपाल फर्कन लाग्नुभएका बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यकालको मूल्याङ्कन बेलायतबासी नेपालीले गर्ने बताउनुभएको छ ।
मगर संघ युकेले आइतबार आयोजना गरेको बिदाई तथा सम्मान समारोहमा बोल्दै राजदुत सुवेदीले आफ्नो चार वर्षे कार्यकाल कस्तो रह्यो त्यसका बारेमा आफू केही नभन्ने त्यसको मूल्याङ्कन बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपालीले गर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालको समीक्षा समय र इतिहासले गर्ने पनि थप्नुभयो ।
बेलायतमा राजदुतका रुपमा चार वर्षअघि आउँदा आफ्नो कोही नातेदार नभएको तर अहिले फर्कने बेलामा हजारौँ दाजुभाइ दिदीबहिनीको माया, स्नेह र आशिर्वाद लिएर फर्कन लागेको पनि उहाँले बताउनुभयो । बेलायतमा आफूले अरु केही दिन नसके पनि नेपाली पन र नेपाली मन बाँडेको उहाँको भनाइ थियो ।
चार वर्षे कार्यकाल ‘आँखा झिमिक्क गर्दा बितेजस्तो’ लागेको भन्दै उहाँले नेपाली दुताबासलाई बेलायतबासी नेपालीको साझा घरका रुपमा आफ्नो कार्यकालमा बनाएरै छाडेको बताउनुभयाे । आफ्नो कार्यकालमा सहयोग गर्ने, साथ दिने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
मगर संघ युके बेलायतमा रहेका नेपालीहरुको एक प्रमुख संस्था रहेको र यसले नेपालमा सामाजिक,साँस्कृतिक, शैक्षिक विकासका लागि गरिरहेको निरन्तर सहयोग आदरयोग्य र कदरयोग्य रहेको उहाँको भनाइ थियो । दुताबास र मगर संघका बीचमा सहकार्य भई गतवर्ष प्रख्यात गायक प्रेमध्वज प्रधानलाई बेलायत ल्याएको र यस वर्ष पनि विख्यात कलाकार महजोडीलाई बेलायत ल्याउने योजना रहेकोमा कोरोना महामारीका कारण पूरा हुन नपाएको उहाँले स्मरण गर्नुभयो । दुताबास र संघको बीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मगर संघ युकेका अध्यक्ष सुनिल रानाको अध्यक्षता र महासचिव रुद्र थापाको सन्चालनमा भर्चुअलरुपमा भएको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतका रुपमा सफलतापूर्वक कार्य सम्पन्न गर्नुभएकोमा राजदुत सुवेदीलाई सङ्घले सम्मान गरेको थियो । सो सम्मानपत्र संघका सल्लाहकार नरेश खपाङ्गीमगरले वाचन गर्नुभएको थियो भने सम्मानपत्र र मगर संघको चिनो अध्यक्ष सुनिल रानाले हस्तान्तरण गर्नुभएको थियो। साथै संघका पूर्व अध्यक्ष नेम थापामगर र संघका संरक्षक घनबहादुर थापाले संघ र दुताबासबीचको सहकार्यका बारेमा प्रष्ट पार्नुभएको थियो । साथै संरक्षक थापा, संघका ट्रष्टी गोमा राना र नानु रानाले राजदुत सुवेदीका बारेमा गीत र कविता वाचन गर्नुभएको थियो ।
यसअघि संघले नेपाली भाषामा गीत रेकर्ड गर्ने प्रथम गायक मास्टर मित्रसेन थापामगरको १२५ ओैं जन्मजयन्तीका अवसरमा एक कार्यक्रम गरेको थियो । सो कार्यक्रममा साहित्यकार विजय हितानले मास्टर मित्रसेन थापामगरको योगदान र जीवनी प्रस्तुत गर्नुभएको थियो भने नानु रानाले कविता प्रस्तुत गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की