लण्डन । बेलायतका लागि नेपाली राजदुतका रुपमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर नेपाल फर्कन लाग्नुभएका बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यकालको मूल्याङ्कन बेलायतबासी नेपालीले गर्ने बताउनुभएको छ ।
मगर संघ युकेले आइतबार आयोजना गरेको बिदाई तथा सम्मान समारोहमा बोल्दै राजदुत सुवेदीले आफ्नो चार वर्षे कार्यकाल कस्तो रह्यो त्यसका बारेमा आफू केही नभन्ने त्यसको मूल्याङ्कन बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपालीले गर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालको समीक्षा समय र इतिहासले गर्ने पनि थप्नुभयो ।
बेलायतमा राजदुतका रुपमा चार वर्षअघि आउँदा आफ्नो कोही नातेदार नभएको तर अहिले फर्कने बेलामा हजारौँ दाजुभाइ दिदीबहिनीको माया, स्नेह र आशिर्वाद लिएर फर्कन लागेको पनि उहाँले बताउनुभयो । बेलायतमा आफूले अरु केही दिन नसके पनि नेपाली पन र नेपाली मन बाँडेको उहाँको भनाइ थियो ।
चार वर्षे कार्यकाल ‘आँखा झिमिक्क गर्दा बितेजस्तो’ लागेको भन्दै उहाँले नेपाली दुताबासलाई बेलायतबासी नेपालीको साझा घरका रुपमा आफ्नो कार्यकालमा बनाएरै छाडेको बताउनुभयाे । आफ्नो कार्यकालमा सहयोग गर्ने, साथ दिने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
मगर संघ युके बेलायतमा रहेका नेपालीहरुको एक प्रमुख संस्था रहेको र यसले नेपालमा सामाजिक,साँस्कृतिक, शैक्षिक विकासका लागि गरिरहेको निरन्तर सहयोग आदरयोग्य र कदरयोग्य रहेको उहाँको भनाइ थियो । दुताबास र मगर संघका बीचमा सहकार्य भई गतवर्ष प्रख्यात गायक प्रेमध्वज प्रधानलाई बेलायत ल्याएको र यस वर्ष पनि विख्यात कलाकार महजोडीलाई बेलायत ल्याउने योजना रहेकोमा कोरोना महामारीका कारण पूरा हुन नपाएको उहाँले स्मरण गर्नुभयो । दुताबास र संघको बीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मगर संघ युकेका अध्यक्ष सुनिल रानाको अध्यक्षता र महासचिव रुद्र थापाको सन्चालनमा भर्चुअलरुपमा भएको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुतका रुपमा सफलतापूर्वक कार्य सम्पन्न गर्नुभएकोमा राजदुत सुवेदीलाई सङ्घले सम्मान गरेको थियो । सो सम्मानपत्र संघका सल्लाहकार नरेश खपाङ्गीमगरले वाचन गर्नुभएको थियो भने सम्मानपत्र र मगर संघको चिनो अध्यक्ष सुनिल रानाले हस्तान्तरण गर्नुभएको थियो। साथै संघका पूर्व अध्यक्ष नेम थापामगर र संघका संरक्षक घनबहादुर थापाले संघ र दुताबासबीचको सहकार्यका बारेमा प्रष्ट पार्नुभएको थियो । साथै संरक्षक थापा, संघका ट्रष्टी गोमा राना र नानु रानाले राजदुत सुवेदीका बारेमा गीत र कविता वाचन गर्नुभएको थियो ।
यसअघि संघले नेपाली भाषामा गीत रेकर्ड गर्ने प्रथम गायक मास्टर मित्रसेन थापामगरको १२५ ओैं जन्मजयन्तीका अवसरमा एक कार्यक्रम गरेको थियो । सो कार्यक्रममा साहित्यकार विजय हितानले मास्टर मित्रसेन थापामगरको योगदान र जीवनी प्रस्तुत गर्नुभएको थियो भने नानु रानाले कविता प्रस्तुत गर्नुभएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक