मगर संघ युके प्लमस्टिड शाखाद्वारा महिला तथा युवा समिति चयन

महिला समितिका अध्यक्ष लक्ष्मी थापा र युवा समितिका अध्यक्ष कमल राना

लण्डन । मगर संघ युकेको प्लमस्टिड शाखाले आफ्नो शाखा मातहतको महिला तथा युवा समितिको अधिवेसन सम्पन्न गरेको छ ।

साउथ इष्ट लण्डन महिला समिति (सेल्मा) को नयाँ अध्यक्षमा लक्ष्मी थापा, उपाध्यक्ष चन्द्रकला थापा, सचिव दिलमाया थापा, सहसचिव जमुना राना, कोषाध्यक्ष भीमा पुन (राना), सहकोषाध्यक्ष ईन्द्र राना तथा सदस्यहरुमा चम्पा थापा, मिना थापा, रिमकला थापा, दिलकुमारी राना, बसुन्धरा थापा, भवती थापा, दुर्गा थापा, बिना गलामी, जेठकुमारी पुन, खुशीमाला पुन, जमुना राना, बसन्ती राना, हेमा थापा  र गंगा पुन रहेका छन् ।

महिला समिति चयनका सल्लाहकारहरु देवी आले, हेमा राना र देवीमाया पुनलाई नयाँ कार्यसमिति गठनका लागि निर्वाचन समितिको जिम्मा दिइएकोमा निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको थियो । निर्वाचन समितिको संयोजकमा विसन थापा र बाँकी सदस्यमा तीर्थकुमार थापा थिए ।

यस्तै, युवा समितिको अध्यक्षमा कमल राना र सचिवमा सजिव राना चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री