लण्डन । बेलायतमा हालसम्ममा पाँच लाख मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उनले खोप पाउनेहरुमा अधिकांश ८० वर्ष माथिकाहरु र स्वास्थ्यका कारण जोखिममा रहेकाहरु भएको बताए । खोपहरु केयर होमहरु र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीहरुलाई पनि दिइएको बताए ।
उनीहरुले फाइजर र बायोएनटेकको कोरोना भाइरसको पहिलो डोज पाएका हुन् ।
खोपका बारेमा विस्तृत तथ्यांक आएपछि सार्वजनिक गरिने बताउँदै उनले यस वर्षभित्र बेलायतमा कति खोप आइपुग्छ भन्ने प्रश्नको भने जवाफ दिएनन् ।
क्लिनिकबाट मान्यताप्राप्त कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउने बेलायत पहिलो मुलुक हो । भोलि मंगलबार बेलायतले खोप लगाउन शुरु गरेको दुई साता पुग्दैछ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै