लण्डन । बेलायतमा हालसम्ममा पाँच लाख मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उनले खोप पाउनेहरुमा अधिकांश ८० वर्ष माथिकाहरु र स्वास्थ्यका कारण जोखिममा रहेकाहरु भएको बताए । खोपहरु केयर होमहरु र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीहरुलाई पनि दिइएको बताए ।
उनीहरुले फाइजर र बायोएनटेकको कोरोना भाइरसको पहिलो डोज पाएका हुन् ।
खोपका बारेमा विस्तृत तथ्यांक आएपछि सार्वजनिक गरिने बताउँदै उनले यस वर्षभित्र बेलायतमा कति खोप आइपुग्छ भन्ने प्रश्नको भने जवाफ दिएनन् ।
क्लिनिकबाट मान्यताप्राप्त कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउने बेलायत पहिलो मुलुक हो । भोलि मंगलबार बेलायतले खोप लगाउन शुरु गरेको दुई साता पुग्दैछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश