लण्डन । बेलायतमा नयाँ किसिमको कोरोना भाइरस फैलिएपछि युरोपलगायत विभिन्न राष्ट्रहरुले बेलायत आउने जाने स्थल तथा हवाई सम्पर्कमा बन्देज लगाएका छन् । सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा खाद्यान्न र ओैषधि लगायतका वस्तुहरुको प्रशस्त संचय रहेको भन्दै बेलायतबासीलाई आश्वस्त पारेका छन् ।
नयाँ किसिमको भाइरस अति छिटो सर्ने भएका कारण फ्रान्सले आइतबार राति ११ बजेदेखि डोभर हुँदै फ्रान्स प्रवेश गर्ने मालबाहक सवारीसाधनहरुमा रोक लगाएको छ । प्रधानमन्त्री जोन्सनले यसबारेमा फ्रेन्च राष्ट्रपतिसित सोमबार कुराकानी भइसकेको बताउँदै छिटोभन्दा छिटो सो समस्या समाधान गर्न दुवै पक्ष आतुर रहेको बताएका छन् ।
२० प्रतिशत मात्र सामानहरु सो बाटो भएर युरोपबाट बेलायत आउने भएकाले त्यसले बेलायतमा ठूलो असर नपार्ने पनि जोनसनले प्रष्ट पारे ।
विभिन्न मुलुकहरुले बेलायतसितको सम्पर्क हाल स्थगन गरेकोप्रति प्रधानमन्त्री जोनसनले भने, ”तपाईहरुको चासो हामीले सुन्यौँ । भारइसको नयाँ प्रकार देखिनासाथ हामीले विश्व स्वास्थ्य संगठनलाई खबर गरिसकेका छौं र आशा छ चाँडै नियन्त्रणमा आउला ।”
यातायात मन्त्री ग्रान्ट सापले हिजो राति डोभरबाट फ्रान्स जाने मालबाहक सवारीसाधनहरुको करिब पाँचसय वटा ताँती रहे पनि सोमबार अपराह्नसम्ममा १७४ वटा मात्र रहेको बताए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी