लण्डन । बेलायतमा नयाँ किसिमको कोरोना भाइरस फैलिएपछि युरोपलगायत विभिन्न राष्ट्रहरुले बेलायत आउने जाने स्थल तथा हवाई सम्पर्कमा बन्देज लगाएका छन् । सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा खाद्यान्न र ओैषधि लगायतका वस्तुहरुको प्रशस्त संचय रहेको भन्दै बेलायतबासीलाई आश्वस्त पारेका छन् ।
नयाँ किसिमको भाइरस अति छिटो सर्ने भएका कारण फ्रान्सले आइतबार राति ११ बजेदेखि डोभर हुँदै फ्रान्स प्रवेश गर्ने मालबाहक सवारीसाधनहरुमा रोक लगाएको छ । प्रधानमन्त्री जोन्सनले यसबारेमा फ्रेन्च राष्ट्रपतिसित सोमबार कुराकानी भइसकेको बताउँदै छिटोभन्दा छिटो सो समस्या समाधान गर्न दुवै पक्ष आतुर रहेको बताएका छन् ।
२० प्रतिशत मात्र सामानहरु सो बाटो भएर युरोपबाट बेलायत आउने भएकाले त्यसले बेलायतमा ठूलो असर नपार्ने पनि जोनसनले प्रष्ट पारे ।
विभिन्न मुलुकहरुले बेलायतसितको सम्पर्क हाल स्थगन गरेकोप्रति प्रधानमन्त्री जोनसनले भने, ”तपाईहरुको चासो हामीले सुन्यौँ । भारइसको नयाँ प्रकार देखिनासाथ हामीले विश्व स्वास्थ्य संगठनलाई खबर गरिसकेका छौं र आशा छ चाँडै नियन्त्रणमा आउला ।”
यातायात मन्त्री ग्रान्ट सापले हिजो राति डोभरबाट फ्रान्स जाने मालबाहक सवारीसाधनहरुको करिब पाँचसय वटा ताँती रहे पनि सोमबार अपराह्नसम्ममा १७४ वटा मात्र रहेको बताए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]