
लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएर ‘नियन्त्रण बाहिर’ गएको भन्दै युरोपियन युनियनका मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।
बेलायतमा नयाँ किसिमको कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि आयरल्यान्ड, जर्मनी तथा फ्रान्सले यात्रामा प्रतिबन्ध लगाएका हुन्। त्यस्तै नेदरल्यान्ड र बेल्जियमले पनि बेलायतका उडानमा प्रतिबन्ध लगाएका छन्।
यसैबीच युनियनको आज बस्ने बैठकले अन्य प्रतिबन्धबारे छलफल र समन्वयका बारे निर्णय लिने बीबीसी समाचारमा उल्लेख छ।
बेलायतको दक्षिणी क्षेत्रमा नयाँ किसिमको कोरोना भाइरस देखा परेको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए। यससँगै उनले त्यस क्षेत्रमा प्रतिबन्धका नयाँ नीति सार्वजनिक गरेका थिए। अहिले यो क्षेत्रमा टियर ४ नियम लागु गरिएको छ ।
तर कतिपय विज्ञले भने त्यहाँ फरक किसिमको कोरोना देखा परे पनि त्यो खतरनाक नभएको बताइरहेका छन्। कतिपयले भने पहिलेको कारोना भन्दा ७० प्रतिशत चाँडो फैलिने बताएका छन्।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]