लण्डन । बेलायतमा नयाँ किसिमको कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि सरकारले भाइरस फैलिरहेको क्षेत्रमा कडा नियन्त्रण गर्न टियर ४ को नीति ल्याएको छ ।
भीभीआइ २०२०/२/१ नाम दिइएको सो भाइरस हरेक सात दिनमा दोब्बर गतिमा फैलिइरहेका कारण नियन्त्रण गर्न नयाँ टियरको घोषणा गर्न परेको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोन्सनले लण्डन, पूर्वी इङल्याण्ड र दक्षिण पूर्वी इङल्याण्डलाई दुई साताको लागि टियर ४ मा राखिएको बताए । टियर ४ आजै रातिदेखि लागू हुनेछ ।
नयाँ टियरमा राखिएको क्षेत्रमा बालबच्चाको रेखदेखका लागि, व्यायामका लागि र घरबाट गर्न नसकिने कामका लागि मात्र घर छोड्न सकिने बताइएको छ । यस्तै, अत्यावश्यकीय बाहेकका पसल, जिम र कपाल काट्ने पसलहरु ती क्षेत्रमा बन्द रहनेछन् भने घरबाहिर सार्वजनिक स्थलमा अर्को घरका एक जनालाई मात्र भेट्न पाइने छ । सरकारले सो क्षेत्रका बासिन्दालाई सो क्षेत्रबाहिर यात्रा नगर्न अनुरोध गरेको छ । अरुको घरमा रात नबिताउन, विदामा नजान पनि भनिएको छ ।
यसैगरी, सरकारले यसअघि क्रिसमसका समयमा पाँच दिनका लागि तीन घरका आफ्ना आफन्तहरु भेट्न दिइएको सुविधालाई एकदिन (क्रिसमसका दिन) मात्र सीमित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री जोन्सनले ‘पूर्व योजना गरिएअनुसार क्रिसमस मनाउन नसकिने’ बताए । उनले क्रिसमसको योजना परिवर्तन गर्न परेकोमा दुःख पनि व्यक्त गरेका छन् ।
नयाँ भाइरसका बारेमा जानकारी दिँदै सरकारका वैज्ञानिक सल्लाहका सर प्याट्रिक भ्यालेन्सले नयाँ भाइरस चाँडो चाँडो फैलिइरहेको बताए । नयाँ भाइरसले पुरानो भाइरसलाई प्रतिस्थापन गर्न थालेको पनि उनले जानकारी दिए । तर नयाँ भाइरसले पुरानो भाइरसभन्दा खतरनाक र मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने बारेमा भने अहिलेसम्म कुनै प्रमाण नभेटिएको उनले जानकारी दिए । उनले नयाँ किसिमको भाइरसलाई हाल दिइँदै गरेको खोपले रोक्न सक्ने बताए ।
बेलायतमा क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा सरकारले अकस्मात नयाँ नियमले जनतामा आक्रोश थपेको छ ।
बेलायतका अन्य राज्यहरु वेल्स र स्कटल्याण्डले पनि नयाँ नियम चाँडै घोषणा गर्ने आँकलन गरिएको छ ।
टियर-४ मा परेका क्षेत्रहरू
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश