नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा

फाइल फोटो प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । बेलायतमा नयाँ किसिमको कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि सरकारले भाइरस फैलिरहेको क्षेत्रमा कडा नियन्त्रण गर्न टियर ४ को नीति ल्याएको छ ।
भीभीआइ २०२०/२/१ नाम दिइएको सो भाइरस हरेक सात दिनमा दोब्बर गतिमा फैलिइरहेका कारण नियन्त्रण गर्न नयाँ टियरको घोषणा गर्न परेको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोन्सनले लण्डन, पूर्वी इङल्याण्ड र दक्षिण पूर्वी इङल्याण्डलाई दुई साताको लागि टियर ४ मा राखिएको बताए । टियर ४ आजै रातिदेखि लागू हुनेछ ।
नयाँ टियरमा राखिएको क्षेत्रमा बालबच्चाको रेखदेखका लागि, व्यायामका लागि र घरबाट गर्न नसकिने कामका लागि मात्र घर छोड्न सकिने बताइएको छ । यस्तै, अत्यावश्यकीय बाहेकका पसल, जिम र कपाल काट्ने पसलहरु ती क्षेत्रमा बन्द रहनेछन् भने घरबाहिर सार्वजनिक स्थलमा अर्को घरका एक जनालाई मात्र भेट्न पाइने छ । सरकारले सो क्षेत्रका बासिन्दालाई सो क्षेत्रबाहिर यात्रा नगर्न अनुरोध गरेको छ । अरुको घरमा रात नबिताउन, विदामा नजान पनि भनिएको छ ।
यसैगरी, सरकारले यसअघि क्रिसमसका समयमा पाँच दिनका लागि तीन घरका आफ्ना आफन्तहरु भेट्न दिइएको सुविधालाई एकदिन (क्रिसमसका दिन) मात्र सीमित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री जोन्सनले ‘पूर्व योजना गरिएअनुसार क्रिसमस मनाउन नसकिने’ बताए । उनले क्रिसमसको योजना परिवर्तन गर्न परेकोमा दुःख पनि व्यक्त गरेका छन् ।
नयाँ भाइरसका बारेमा जानकारी दिँदै सरकारका वैज्ञानिक सल्लाहका सर प्याट्रिक भ्यालेन्सले नयाँ भाइरस चाँडो चाँडो फैलिइरहेको बताए । नयाँ भाइरसले पुरानो भाइरसलाई प्रतिस्थापन गर्न थालेको पनि उनले जानकारी दिए । तर नयाँ भाइरसले पुरानो भाइरसभन्दा खतरनाक र मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने बारेमा भने अहिलेसम्म कुनै प्रमाण नभेटिएको उनले जानकारी दिए । उनले नयाँ किसिमको भाइरसलाई हाल दिइँदै गरेको खोपले रोक्न सक्ने बताए ।
बेलायतमा क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा सरकारले अकस्मात नयाँ नियमले जनतामा आक्रोश थपेको छ ।
बेलायतका अन्य राज्यहरु वेल्स र स्कटल्याण्डले पनि नयाँ नियम चाँडै घोषणा गर्ने आँकलन गरिएको छ ।

टियर-४ मा परेका क्षेत्रहरू

  • Greater London (all 32 boroughs and the City of London)
  • Kent
  • Buckinghamshire (including Milton Keynes)
  • Berkshire
  • Surrey (excluding Waverley)
  • Gosport, Havant, Portsmouth
  • Rother and Hastings
  • Bedfordshire
  • Hertfordshire
  • Essex (excluding Colchester, Uttlesford and Tendring)
  • Peterborough

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री