लण्डन । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेको ६१ औं जन्म दिवसको पावन अवसरमा विश्वभर छरिएर रहेका खेन्चे रिन्पोछेका शुभचिन्तक तथा भक्तजनहरुले उहाँको सुस्वास्थ्य, दिर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पूजा (भुमछोक) गर्ने भएको छ ।
वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा उक्त पूजा गर्न लागिएको हो । १९ डिसेम्बर देखि २१ डिसेम्बरसम्म आयोजना गर्न लागिएको पूजालाई बीसीसी युकेले फेसबुक लाईभ गर्ने बताइएको छ ।
यसै वर्षदेखि गुरु खेन्चे रिन्पोछे ६१ औं वर्षमा प्रवेश संगसंगै उहाँको नयाँ ल्हो आउने भएको हुँदा आउँदो दिनहरुमा उहाँको जीवनमा कुनै पनि वाधाहरु नआओस् भन्ने उद्देश्यले पनि उक्त पूजाको आयोजना गरिएको आयोजकले जनाए ।
तीन दिनसम्म चल्ने पूजामा फ्रान्स, ईटली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर, बेलायतलगायत विभिन्न देशमा रहेका उहाँका शुभचिन्तक तथा भक्तजनहरुले भर्चुअल जुममार्फत पूजापाठ गर्नेछन् ।
भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ वर्षको उमेरदेखि सिक्किमको तत्कालिन राजदरवारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लण्डनमा समेत अध्ययन गरे । भारतको हिमाचल प्रदेशको बीर, इष्ट तिब्बत र इष्ट भुटानमा उहाँको बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् । जहाँ थुप्रै विद्यार्थीहरु अध्ययनरत छन् । हाल ताईवानमा अध्यापनका लागि रहेका रिन्पोछेले आउँदो २६ र २७ डिसेम्बरका दिन विपश्यना मेडिटेशन गराउँदै हुनुहुन्छ भने सो विपश्यनाको बीसीसी युकेका खेन्पो गुरुले अनुवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
थुप्रै चलचित्रको लेखन तथा निर्देशन समेत गरिसकेका रिन्पोछेका ४ वटा चलचित्रले अवार्ड पाईसकेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश