लण्डन । मास्टरसेफ द प्रोफेसनल्स २०२० को ताज एसेक्सका आलेक्स वेवले जितेका छन् ।
बिहीबार साँझ बीबीसीबाट प्रसारित साे प्रतियोगिताको १३ओैं संस्करणको फाइनलमा उनलाई विजेता घोषणा गरिएको थियो ।
३२ जना सेफबाट छानिएर फाइनल तीनमा नेपालका सन्तोष साह, नेदरल्याण्डसका बार्ट भान डर ली र एसेक्सका आलेक्स वेव पुगेका थिए ।
सिरहा कर्जन्हाका ३५ वर्षीय साह १५ वर्षको उमेरदेखि सेफ बनेका हुन् । सन्तोष विगत १० वर्षदेखि लण्डनमा सेफ छन् । उनले प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार बनाएर प्रस्तुत गरेका थिए ।
उनले प्रतियोगिता जित्नु हार्नु आफ्नो उद्देश्य नभएको तर नेपाली खानाको प्रबर्धन गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताउँदै आएका छन् ।
सानैमा पिताको देहान्त भएपछि उनकी आमाले सात दाजुभाइ दिदीबहिनीके देखभाल गरेकी थिइन् । परिवारको भरणपोषणका लागि उनी दाजुको साथ लागेर भारतको गुजरात पुगेका थिए । त्यहीँबाट उनी शुरुमा रेस्टुरेन्टमा सामान्य कर्मचारी हुँदै सेफ बनेका थिए ।
भारतीय खाना बनाउन निपुण उनी हाल लण्डनको द सिन्नामोन क्लव रेष्टुरेन्टमा हेड सेफका रुपमा कार्यरत छन् ।
उनी करिब दुई वर्षदेखि नेपाली खानाको अनुसन्धान र प्रबर्धनमा सक्रिय छन् ।
प्रतियोगिताको फाइनलमा पुगेका ली निजी सेफका रुपमा लण्डनमा कार्यरत छन् । उनले खानासम्बन्धी ब्लग पनि चलाउँदै आएका छन् ।
अर्का फाइनलिष्ट वेव डनमाउ एसेक्समा हेडसेफका रुपमा कार्यरत छन् । उनी फ्रेन्च खाना बनाउन मन पराउँछन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]