सबैभन्दा बढी रोजगारी गुमाउने क्षेत्रमा अतिथि सत्कारको क्षेत्र प्रमुख रहेको छ । कार्यालयका अनुसार कुल जागिर गुमाउनेमध्ये एक तिहाई सो क्षेत्रका मात्र छन् । त्यसपछि फुटकर बिक्रीका क्षेत्रमा धेरैले जागिर गुमाएका छन् । यी दुई क्षेत्रले आधा हिस्सा ओगटेका छन् ।
नयाँ तथ्यांकअनुसार अक्टोबर महिनामा बेलायतको बेरोजगारी दर ४.९ प्रतिशत पुगेको छ र कुल बेरोजगार संख्या १७ लाख पुगेका छन् ।
उता स्वास्थ्य तथा हेरचाह क्षेत्रमा भने नोकरी थपिएको तथ्यांकले देखाएको छ । सो क्षेत्रमा महामारीकै बीच करिब ७५ हजारले नोकरी पाएका छन् ।
कार्यालयका अनुसार सेप्टेम्बरदेखि नोभेम्बरको अवधिमा बेलायतमा ५ लाख ४७ हजार नयाँ जागिर खुलेका थिए । त्यो संख्या अघिल्लो तीन महिनाको दाँजाेमा ११ लाख १० हजार बढी हो ।
बेलायतमा सरकारले ठूलो संख्यामा बेरोजगारी आउन नदिन ‘फर्लो’ योजना ल्याएको छ र सो योजनाअनुसार सरकारले कोरोना भाइरसको महामारीका कारण असर परेको क्षेत्रका कामदारलाई ८० प्रतिशतसम्म तलब दिइरहेको छ । सो योजना आगामी मार्चसम्म रहने बताइएको छ । त्यसपछि बेलायतमा बेरोजगारी ७.७५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा