लण्डन । कोरोना भाइरसको संक्रमण बढेपछि लण्डनलाई पनि सामाजिक गतिविधि नियन्त्रण गर्न टियर ३ मा राखिने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सोमबार सोको घोषणा गरेका हुन् ।
उनका अनुसार ग्रेटर लण्डनका सबै भाग र लण्डनसित जोडिएका एसेक्स र हार्टफोर्डसायर काउण्टीका केही भागलाई पनि टियर ३ मा राखिने भएको छ । जसमा बासिलडन, ब्रेन्टउड, हार्लो, इपिङ फोरेस्ट, क्यासल पोइन्ट, रोचफोर्ड, माल्डोन, बेन्ट्री, चेम्सफोर्ड, थरक र साउद इन्ड अन सी बोरो काउन्सिल तथा ब्रोक्सबोर्न, हार्टसमेयर, वार्टफोर्ड र द थ्री रिभर्स क्षेत्र पनि टियर ३ मा परेका छन् ।
मन्त्री ह्यानककले कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि ती क्षेत्रलाई टियर ३ मा राख्नु परेको प्रष्टीकरण दिएका छन् । यसअघि आइतबार मात्र लण्डनका मेयर सादिक खानले विद्यालयहरुलाई चाँडो बन्द गर्नपर्ने माग गरेका थिए ।
बेलायतले इङल्याण्डमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न राज्यका विभिन्न भागलाई संक्रमणको दरका आधारमा टियर १, २ र ३ मा विभाजन गरेको छ । सबैभन्दा कम संक्रमण भएको क्षेत्र टियर १ मा त्यसभन्दा अलि बढी भएको क्षेत्र २ मा र धेरै नै संक्रमण फैलिएको क्षेत्र टियर ३ मा राख्ने गरिएको छ । टियर नम्बरअनुसार सामाजिक गतिविधि कडा बनाउने गरिएको छ ।
टियर ३ मा घरभित्र र बाहिर पनि एकाघरका मानिस वा आफूले रेखदेख गरिररहेका मानिसबाहेक अरुसित भेटघाट गर्न पाइँदैन । सार्वजनिक स्थानहरु जस्तै पार्क, बीचहरुमा पनि बढीमा ६ जनासम्म मात्र भेट हुन पाइन्छ । पसलहरु, जिम, कपाल काट्ने वा व्यूटीपार्लरहरु खोल्न पाइने छ । रेष्टुरेन्ट, बार, पब, क्याफेहरुमा बसेर खान पाइने छैन तर टेकवे र होम डेलिभरीका लागि भने खोल्न पाइने छ । खेलकुदका गतिविधिहरुमा दर्शकहरुलाई प्रवेश गर्न दिइने छैन । सिनेमा, थियटरहरु बन्द गर्नुपर्ने छ ।
लण्डनमा हरेक सातदिनमा संक्रमण डब्बल हुने गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की