लण्डन । कोरोना भाइरसको संक्रमण बढेपछि लण्डनलाई पनि सामाजिक गतिविधि नियन्त्रण गर्न टियर ३ मा राखिने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सोमबार सोको घोषणा गरेका हुन् ।
उनका अनुसार ग्रेटर लण्डनका सबै भाग र लण्डनसित जोडिएका एसेक्स र हार्टफोर्डसायर काउण्टीका केही भागलाई पनि टियर ३ मा राखिने भएको छ । जसमा बासिलडन, ब्रेन्टउड, हार्लो, इपिङ फोरेस्ट, क्यासल पोइन्ट, रोचफोर्ड, माल्डोन, बेन्ट्री, चेम्सफोर्ड, थरक र साउद इन्ड अन सी बोरो काउन्सिल तथा ब्रोक्सबोर्न, हार्टसमेयर, वार्टफोर्ड र द थ्री रिभर्स क्षेत्र पनि टियर ३ मा परेका छन् ।
मन्त्री ह्यानककले कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि ती क्षेत्रलाई टियर ३ मा राख्नु परेको प्रष्टीकरण दिएका छन् । यसअघि आइतबार मात्र लण्डनका मेयर सादिक खानले विद्यालयहरुलाई चाँडो बन्द गर्नपर्ने माग गरेका थिए ।
बेलायतले इङल्याण्डमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न राज्यका विभिन्न भागलाई संक्रमणको दरका आधारमा टियर १, २ र ३ मा विभाजन गरेको छ । सबैभन्दा कम संक्रमण भएको क्षेत्र टियर १ मा त्यसभन्दा अलि बढी भएको क्षेत्र २ मा र धेरै नै संक्रमण फैलिएको क्षेत्र टियर ३ मा राख्ने गरिएको छ । टियर नम्बरअनुसार सामाजिक गतिविधि कडा बनाउने गरिएको छ ।
टियर ३ मा घरभित्र र बाहिर पनि एकाघरका मानिस वा आफूले रेखदेख गरिररहेका मानिसबाहेक अरुसित भेटघाट गर्न पाइँदैन । सार्वजनिक स्थानहरु जस्तै पार्क, बीचहरुमा पनि बढीमा ६ जनासम्म मात्र भेट हुन पाइन्छ । पसलहरु, जिम, कपाल काट्ने वा व्यूटीपार्लरहरु खोल्न पाइने छ । रेष्टुरेन्ट, बार, पब, क्याफेहरुमा बसेर खान पाइने छैन तर टेकवे र होम डेलिभरीका लागि भने खोल्न पाइने छ । खेलकुदका गतिविधिहरुमा दर्शकहरुलाई प्रवेश गर्न दिइने छैन । सिनेमा, थियटरहरु बन्द गर्नुपर्ने छ ।
लण्डनमा हरेक सातदिनमा संक्रमण डब्बल हुने गरेको बताइएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी