केन्ट । बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पुर्याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् ।
आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयहरूमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले जनाएको छ ।
करिब दर्जन बढी सर्जकहरूले सिर्जना गरेका गीतहरू सङ्कलन गर्ने र धमाधम सङ्गीत भर्ने काम भइरहेको महासङ्घले जनाएको हो । इको साहित्य र युद्ध साहित्यलाई प्रबद्र्धन गर्दै जनस्तरसम्म संवेदनशील विषयवस्तुसँग अवगत गराउन महासङ्घ गीति परियोजनामा काम गरिरहेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार परियोजनको जिम्मा उपाध्यक्ष एवम् सङ्गीतकार थिर थापा मगरले गरिरहेको बताए । ‘संस्थाको बैठकले रचना सङ्कलनदेखि सङ्गीत संयोजन गर्ने गरी उनलाई काम तोकेको छ,’ अध्यक्ष हितानले भने । उनले परियोजनाको प्राविधिक एवम् व्यवस्थापकीय पक्षबारे आगामी बैठकले निर्णय गर्ने बताए ।
यसैगरी, शनिबार बसेको दोस्रो बैठकले आगामी वर्षको जनवरी ३ तारिखमा १२६ औँ मास्टर मित्रसेन थापा जयन्ती समेत मनाउने निर्णय गरेको छ । सैनिक जीवन त्यागेर कला, साहित्य र लोक सङ्गीतमा लागेका मित्रसेनको कृतित्व र व्यक्तित्वको स्मरण गर्न यूके, नेपाल, भारत लगायतका मुलुकरूबाट सम्मिलित सर्जकहरूको अन्तर्राष्ट्रिय साहित्यिक विमर्श राख्ने अध्यक्ष हितानले सुनाए । सो कार्यक्रममा मास्टर मित्र सेनको युद्ध साहित्यबारे चर्चा परिचर्चा हुने बताए । सेनका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘मलाई खुत्रुक्कै पार्यो जेठान’, ‘गोर्खाली भयो’ लगायतका गीतहरू चर्चित छन् ।
बैठकले गत नोभेम्बर ७ तारिखमा पप्पी डेको पूर्वसन्ध्यामा आयोजना गरेको युद्ध साहित्य गोष्ठीको पनि समीक्षा गरेको थियो ।
बैठकलगत्तै, दोस्रो चरणअन्तर्गत भएको साहित्यिक भेटघाटमा संस्थाका सदस्य एवम् कथाकार टीमाया राईद्वारा लिखित ‘गन्तव्य’ कथा सङ्ग्रहको पनि विमोचन गरिएको थियो । हस्तबहादुर राईले प्रकाशन गरेको सङ्ग्रहमा २५ कथाहरू सङ्कलित छन् । आसफोर्डनिवासी राईले यसअघि गीति एल्बम सङ्ग्रह ल्याइसकेका छन् । विमोचित कृतिउपर कवि लाहाङ चेम्जोङले समीक्षा गर्दै पुस्तकमा प्रवासीको पीडादेखि यौन मनोविज्ञानसम्मका विषयहरू कथाहरूमा समेटिएको धारणा राखे ।
विनेसाम वेस्ट यूके शाखाका पदाधिकारी र सदस्यहरू समेत जुममार्फत जोडिएको कार्यक्रमको अन्तिम सत्रमा विभिन्न स्रष्टाहरूले सिर्जना वाचन गरे । साढे दुई घण्टे अवधिसम्म चलेको कार्यक्रममा गोमा राना, थिर थापा, औँतारी साइला, किरण चाम्लिङ, जित बूढाथोकी छन्त्याल, जानु काम्वाङ लिम्बु, लाहाङ चेम्जोङ, नानू थापा, खेम गुरूङ, अमित थेवे, विजय हितान र लाल सुन्दर राईले कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरे । केही साताअघि मात्रै अधिवेशनबाट नयाँ कार्य समिति गठन भएको वेस्ट यूके शाखासँग साक्षात्कार गर्न पनि कार्यक्रम आयोजना गरिएको सञ्चालक विनेसाम साउथ यूकेका सचिव अमित थेवेले जनाए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल