बर्लिन । यूरोपेली यूनियन (ईयू) बाट बेलायत बहिर्गमन भएपछि गरिने भनिएको व्यापार सम्झौता हुने अझै सम्भावना रहेको जर्मनी तथा आयरल्याण्डका विदेशमन्त्रीले शुक्रबार बताउनुभएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन र ईयूको उच्च नेतृत्वले व्यापार सम्झौता टारिने वातावरण देखिएको भनी धारणाहरू आइरहेको समय ईयू सदस्य राष्ट्रका ती विदेशमन्त्रीहरूले सम्झौताको सम्भावना रहेको बताउनुभएको हो ।
जर्मनीका विदेशमन्त्री हेइको मासले भन्नुभयो, “सम्झौताका आधारहरू कठिन मोडमा रहेका भएपनि हामीले विश्वास गरेका छौं कि अझै सम्झौताको सम्भावना टरेको छैन ।”
“सम्भावनाको चर खुला रहँदासम्म हामीले आशावादी रहनुपर्छ र वार्तालाई निरन्तरता दिनुपर्छ,” उहाँले आफ्ना जर्मन समकक्षी साइमन कोभेनीसँगको भेटपूर्व बर्लिनमा बताउनुभयो ।
जर्मनीका विदेशमन्त्री कोभेनीले पनि बेलायतसँगको भविष्यको सम्बनध र व्यापार सम्झौता हुन अझै सम्भावना रहेको विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल