शुक्रबार, माघ ९ २०७७ | Fri, January 22, 2021
नेपालको समय: १४:१५ | UK Time: 08:30

बीबीसी मास्टर सेफको फाईनलमा नेपाली सेफ सन्तोष

वीनेपाली
२०७७ मंसिर २५ गते २२:२१
लन्डन । बिहिबार बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई हराउदै सन्तोष शाह फाईनलमा पुग्न सफल भएका छन् ।
बेलायतमा बसोबास गर्दै आएका नेपाली सेफ सन्तोष शाह बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका हुन् ।
बेलायतमै जन्मेका सेफहरू सहभागी माझ उनले आफ्नो कला प्रस्तुत गरेका बताए । बेलायतका प्रख्यात सेफहरु सँग प्रशिक्षण सँगै काम गरिसकेका सन्तोष शाह मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् । इण्डियन कुइजिनबाट संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष शाह । सन्तोषले आफ्नो पाक कला देखाएर फाईनलमा पुग्न सफल भएका छन् ।
सन्तोषले मास्टर सेफको टप ८ प्रतिस्पर्धीमा योमरि , क्रिस्पी “ चिकन चिल्ली “ चाईनिज(इन्डियन स्टाइलको साथ  क्रिस्पी कमलका जराहरू, सि वीडको अचार, भेजीटेबल अचार, तातो र अमिलो सूप र क्रिस्पी नूडल्स बनाएका थिए ।
सो संस्करणमा सन्तोषले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका हुन् ।
No description available.

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक