लन्डन । लिम्बुवान समाज यूकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिं मेन्याङ्वो चयन भएका छन् ।
समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो ।
जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिनिकट मानिने समाजको शुक्रबार भएको भेलामा निवर्तमान अध्यक्ष सुवर्ण इधिङ्गोले मेन्याङ्वोलाई पदीय जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
मेन्याङ्वो यसअघि सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष रहिसकेका छन् । उनी ब्रिटिस गोर्खा भेट्रान एसोसिएनका वरिष्ठ उपभापति, मेन्याङ्वो कल्याणकारी संस्था यूकेका अध्यक्ष, यूके ब्याडमिन्टन एसोसिएसनका महासचिव, युमा साम्यो महासभा यूकेका उपाध्यक्ष समेत हुन् । त्यसबाहेका दर्जन बढी सामाजिक अभियानहरूमा सक्रिय छन् ।
पदीय हस्तान्तरण कार्यक्रममा उपस्थित भएर नवनियुक्त अध्यक्षलाई सपथ खुवाउँदै जसपा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले निर्णायक लिम्बुवान आन्दोलनमा प्रवासमा रहने समर्थकहरूको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । ‘प्रवासमा रहेका नेपाली र लिम्बुवानवासी समर्थकहरूको नैतिक साथले धेरै महत्व राख्नेछ,’ उनले भने । उनले महामारी नियन्त्रण हुनेबित्तिकै नेपालमा बृहत लिम्बुवानी सभा आयोजना गर्ने जानकारी समेत दिए ।
यसैगरी, समितिका सल्लाहकार लाहाङ चेम्जोङले लिम्बुवान भूगोल सभ्यताको आन्दोलन पनि भएको जिकिर गर्दै संसारभर छरिएर रहेका लिम्बुवानवासीहरूको सहयोगले रणनीतिक हिसाबले भूमिका खेल्नुपर्ने कुरा ओैंल्याए । उनले नेपालका हरेक ठूला राजनीतिक आन्दोलनहरूमा प्रवासले कूटनीतिक रूपमा पहल गरेको उदाहरण दिए ।
कार्यक्रममा सल्लाहकार नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, युमा लिम्बु, मान तबेबुङ, अमित थेवे लगायतले शुभकामना दिएका थिए । कार्यक्रम समाजका सचिव छन्त वनेमले सञ्चालन गरेका थिए ।
नवनियुक्त अध्यक्ष मेन्याङ्वोले निकट भविष्यमै समितिलाई अधिवेशनमार्फत पूर्णता दिने बताए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश