लण्डन । बेलायती महारानीबाट सम्मान पाउनुलाई प्रतिष्ठाको उच्च कोटीमा राखिने गरिन्छ तर विगत केही वर्षयता त्यस्तो सम्मान अस्वीकार गर्नेहरुको संख्या बढिरहेको पाइएको छ ।
बेलायतको ‘द गार्जियन’ पत्रिकाले सूचनाको हकको प्रयोग गरी प्राप्त गरेको तथ्यांकलाई विश्लेषण गर्दा यस्तो क्रम देखिएको हो ।
सन् २०११ यता ४४३ जनाले महारानीबाट प्राप्त सम्मान थाप्न इन्कार गरेका छन् ।
यस वर्षमात्र ६८ जनाले यस्तो सम्मान इन्कार गरेका थिए । गत वर्ष पनि ५० जनाले सम्मान अस्वीकार गरेका थिए । तर यस्तो सम्मानको घोषणा गर्नु अघि नै सम्बन्धित व्यक्तिलाई सम्मान स्वीकार गर्ने/ नगर्ने सोधिने भएकाले त्यतिबेलै कतिपयले अस्वीकार गर्ने गरेका पनि छन् । तिनीहरुको संख्या तथ्यांकमा समावेश छैन ।
चर्चित फिल्म स्लमडग मिलिनियरका निर्देशक ड्यानी बोयलले पनि यस्तो सम्मान अस्वीकार गरेका थिए । साहित्यकार रोल्ड डाहल, सेफ नाइजेला लासन, फुटबलर होवार्ड गेल, कवि वेन्जामिन जेफानिया, अभियन्ता जीना मार्टिन, वाच डग कार्यक्रमकी प्रस्तोता लिन फल्डस आदिले पनि त्यस्तो सम्मान अस्वीकार गरेका छन् ।
बर्मिङहाम सिटी विश्वविद्यालयका प्रोफेसर केहिन्डे आन्ड्रयू कतिपय अहिले नरहेका साम्राज्यका नाममा सम्मानहरु दिइएका कारण त्यस्तो सम्मान अस्वीकार गरिएको हुनसक्ने बताउँछन् । पूर्व सांसद नोर्मान बेकर राजनीतिक पार्टीका नेताहरुले दुरुपयोग गरेकाले त्यस्ता सम्मानको महत्व घट्दै गएको बताउँछन् ।
कतिपयले सम्मानको छनौट विधि पारदर्शी नभएको र चन्दादाताले त्यस्तो सम्मान किन्ने गरेको आरोप लगाउने गर्दछन् ।
बेलायतमा बिगत ७०० वर्षदेखि महारानीबाट सम्मान दिइँदै आएको छ ।
| Year | Total honours offers | Honours received | Honours offers rejected | % rejected |
|---|---|---|---|---|
| 2020 | 2,504 | 2,436 | 68 | 2.715654952 |
| 2019 | 2,321 | 2,271 | 50 | 2.15424386 |
| 2018 | 2,282 | 2,231 | 51 | 2.234881683 |
| 2017 | 2,414 | 2,360 | 54 | 2.236951118 |
| 2016 | 2,379 | 2,345 | 34 | 1.429171921 |
| 2015 | 2,370 | 2,327 | 43 | 1.814345992 |
| 2014 | 2,387 | 2,344 | 43 | 1.801424382 |
| 2013 | 2,448 | 2,403 | 45 | 1.838235294 |
| 2012 | 2,215 | 2,185 | 30 | 1.354401806 |
| 2011 | 1,987 | 1,962 | 25 | 1.258178158 |
| 2010 | 2,000 | 1,954 | 46 | 2.3 |
Source: The Guardian
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त