एफएनजे युरोपको नाम, लोगो र लेटरप्याड दुरुपयोग

नेपाल पत्रकार महासंघ युरोप शाखाको नाम, लोगो र लेटरप्याड दुरुपयोग गर्ने महासंघका पूर्व पदाधिकारीको सदस्यता  खारेज गरी आवश्यक कार्वाही प्रक्रियाकालागि लागि युरोप शाखाले केन्द्रमा माग र आग्रह गरेको छ ।

आज एफएनजे युरोपले एक विज्ञप्ति जारी गरी महासंघको युरोप शाखाको नाममा भ्रम उत्पन्न गराइ, झुक्याएर अतिथि आमन्त्रण गरी अन्तरक्रिया कार्यक्रम  आयोजना गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै केन्द्रबाट स्वीकृत प्राप्त केजिन राई अध्यक्ष रहेको युरोप शाखा मात्र आधिकारिक रूपमा क्रियाशील रहेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ युरोपको विज्ञप्ति ! 

नेपाल पत्रकार महासंघ यूरोप शाखाले यूरोपका नेपाली समुदायको समसामयिक सवाल लगायत नेपाल र अन्य क्षेत्रहरुमा पनि भर्चुअल बहस,अन्तरक्रिया चलाउँदै ४० औं शृङ्खलामा आइपुगेको सर्वविदितै छ । बहस र अन्तरक्रियाको शृङ्खला निरन्तर जारी रहने सबैमा अवगत गराउन चाहन्छौं ।

यसै सन्दर्भमा महासंघको सदस्यता स्थानन्तरण गरी बेल्जियम र पोर्चुगल शाखाको तदर्थ समितिमा गइसक्नु भएका र केन्द्र र यूरोप शाखाले पनि विदा गरिसकेका एफएनजे यूरोपका केही पूर्व पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ यूरोप शाखा समेत आयोजक भनी नाम उल्लेख गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रबाट स्वीकृति प्राप्त भई यूरोप भरिका नेपाली पत्रकारहरुको अधिवेशनबाट चुनिएर केजिन राईको अध्यक्षतामा क्रियाशील नेपाल पत्रकार महासंघ यूरोप मात्र आधिकारिक रहेको जानकारी गराउँदै कसैलाई भ्रममा नपर्नका लागि अनुरोध गर्दछौं । नेपाल पत्रकार महासंघ केन्द्र र यूरोपको विधान, मर्यादा आचरण र आचारसंहिता विपरीत गतिविधि गर्ने पत्रकार महासंघका सदस्यहरुलाई छानबिन गरी आवश्यक कार्वाही गर्न केन्द्र समक्ष पनि आग्रह र माग गर्दछौं ।

युरोप शाखाको ८ नोभेम्बर २०२० दिन बसेको बैठकको दुइतिहाइ बहुमतको निर्णयले यूरोप शाखाबाट विदा दिई बेल्जियम र पोर्चुगल शाखामा स्थानन्तरण भइसकेका साथीहरूले युरोप शाखाको लोगो, लेटरप्याड र अध्यक्षको ई-हस्ताक्षरको दुरुपयोग गरेको सम्बन्धमा महासंघको विधान र प्रचलित कानून बमोजिम युरोप शाखाबाट पनि कार्वाहीको लागि आवश्यक थप प्रक्रिया अगाडि बढाइएको जानकारी गराउदछौं । महासंघ यूरोपलाई यहाँहरुले दिनु भएको साथ, सहयोग र ऐक्यवद्धताका लागि फेरिपनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

केजिन राई अध्यक्ष

द्रोण रिजाल कावा महासचिव

नेपाल पत्रकार महासंघ यूरोप

१ डिसेम्बर २०२०

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री